Wednesday, May 12, 2021
Home > अन्तराष्ट्रिय > मिनिबस बाटोमा चिम्लिएर भयो यस्तो दर्दनाक दुर्घटना….

मिनिबस बाटोमा चिम्लिएर भयो यस्तो दर्दनाक दुर्घटना….

श्रीनगर- भारतको काश्मिर राज्यमा शुक्रबार भएको मिनीबस दुर्घटनामा १५ जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका छन् ।पहाडी चिप्लो बाटोमा यात्रुहरु लिएर गइरहेको मिनीबस गहिरो खोचमा झरेको प्रहरीले जनाएको छ । प्रान्तीय राजधानी श्रीनगरबाट २१७ किलोमिटर दक्षिणको किसत्वार जिल्लामा सो दुर्घटना भएको थियो । घटनास्थलबाट १५ जनाको शव निकालिएको र १९ जानलाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।

 

उपप्रहरी निरीक्षक अंग्रेज सिंह रानाले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ । प्रहरीको एक समूह र विपद् नियन्त्रण बलका सदस्यहरु उद्धारमा खटिएका थिए । दुर्घटनाको कारण तत्काल प्रष्ट नभएको र अनुसन्धान भइरहेको जानकारी दिइएको छ । चिप्लो बाटोमा यात्रुहरु लिएर गइरहेको मिनीबस दुर्घटनामा १५ जनाको मृत्यु १९ जना घाइते

Leave a Reply