Monday, March 8, 2021
Home > अपराध > प्रहरी चौकीकाे छतमै एकजोडी यस्तो आपत्तिजनक अवस्थामा भएकाे भिडियो भाइरल, प्रहरी हैरानमा

प्रहरी चौकीकाे छतमै एकजोडी यस्तो आपत्तिजनक अवस्थामा भएकाे भिडियो भाइरल, प्रहरी हैरानमा

उदयपुर। प्रहरी चौकी छतमा एक युवक र एक युवती आपत्तिजनक अवस्थामा अश्लील क्रियाकलाप गरिरहेको भिडियो भाइरल भएपछि यसले प्रहरीको जिम्मेवारीमाथि नै प्रश्न उठाएको छ । भिडियोमा एक युवक र युवती भारतको राजस्थान उदयपुरको घण्टाघर थानाको छतमा आपत्तिजनक हालतमा देखिएका छन् ।

यतिसम्म कि प्रहरी चौकी कुनै सुनसान क्षेत्रमा नभइ मध्य बजारमा छ । थाना रहेको स्थान सर्राफा बजार यहाँको अति व्यस्त क्षेत्र हो । भिडियोमा युवक र युवतीको अनुहार प्रस्ट देखिएको छैन तर युवती विदेशी हुनसक्ने अनुमान गरिएको छ । तर, प्रहरीका एसपी राजेन्द्र गोयलले भने सामाजिक संवालमा फेक भिडियो अत्याधिक हुने भन्दै यो भिडियो पनि एडिट गरिएको दावी गरेका छन् ।

यद्यपि त्यो चौकी र नजिकैको मन्दिरमा जानको साझा सिढी भएकोले कोही पनि छतमा जान सक्ने सहजै अनुमान गर्न सकिन्छ । भिडियोमा देखिने ठाउँसम्म जानको लागि प्रहरीको वा अरु कुनै रोक नभएको एक भारतीय मिडियामा संवाददाताले बताएका छन् । उनले आफू पनि सहजै त्यो स्थानसम्म पुगेको बताउँदै त्यहाँ जो कोही पनि आवतजावत गर्न सक्ने दावी गरे । थाना प्रमुखले यस विषयमा जाँच गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *