Friday, June 18, 2021
Home > समाचार > आफ्नी पुर्व पत्नी सुस्मिता अस्ट्रेलियन नागरिकसंग इन्गेजमेन्ट गरेपछि सुस्मितालाई अर्कैको अंगालोमा देखेपछि भुवन केसीले दिए अचम्मको प्रतिकृया

आफ्नी पुर्व पत्नी सुस्मिता अस्ट्रेलियन नागरिकसंग इन्गेजमेन्ट गरेपछि सुस्मितालाई अर्कैको अंगालोमा देखेपछि भुवन केसीले दिए अचम्मको प्रतिकृया

युवा स्टार अनमोल केसिकी आमा सुस्मिताले ईन्गेजमेन्ट गरेकी छिन् । सुस्मिता बम्जन सफल निर्मात्री तथा अभिनेत्री हुन् । ९ सेम्टेम्वरमा सिंगापुरमा उनले दक्षिण भारतीय मुलुकका अष्ट्रेलियन नागरीक किलन स्वामीसंग ईन्गेजमेन गरेकी हुन् । स्वामी फिजीमा जन्मिएका हुन् । उनले सिंगापुरमा इन्गेजमेन्ट गरेकी छिन् । सुस्मिताले इन्गेजमेन्ट गरेपछि यस बिषयमा विभिन्न खालका प्रतिक्रिया आएका छन् ।

सन् २००१ मा अभिनेता भुवन केसी संग डिभोर्स भएपछि उनी एक्लै बस्दै आएकी थिईन् । गत बर्ष सुस्मिताले चलचित्र ‘म त तिम्रै हुँ ‘ निर्माण गरेकी थिईन् ।पारीवारीक सहमतीमा नै ईन्गेजमेन्ट गरेको अभिनेत्री सुस्मिताको विहे भने २०१९ को भ्यालेन्टाईन्डेको अवसरमा फिजीमा हुने बुझिएको छ । स्रोतले दिएको जानकारी अनुसार नायक अनमोल केसीको सहमतिमा नै यो ईन्गेजमेन्ट गरिएको हो । अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक व्यापारी हुन् । स्वामी अष्ट्रेलियाको के ग्यासका धनाड्य व्यापारी हुन् ।

सामाजिक संजालमा सुस्मिताको इंगेजमेन्टको समाचार भाइरल भएपछि उनका पुर्व पति नायक भुवन केसीले पनि प्रतिकृया दिएका छन् । लामो समयसम्म पनि बिहे नगरेकी आफ्नी पुर्व पत्नी सुस्मितालाई उनले भने ‘म उनलाई सफल दाम्पत्य जीवनको शुभकामना दिन चाहन्छु ।’ भूवनले अगाडि भने-‘अनमोल ५ बर्षको हुँदा मसँग डिभोर्स गरेर अलग हुने निर्णय पनि उनले आफै लिएकी थिइन् । यसपटक बिहेको निर्णय पनि उनको आफ्नै हो । म उनलाई शुभकामना दिन चाहन्छु ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!