Tuesday, January 18, 2022
Home > समाचार > भर्खरै भारतबाट आयो नेपाली चेलीहरुको यस्तो दुखलाग्दो खबर

भर्खरै भारतबाट आयो नेपाली चेलीहरुको यस्तो दुखलाग्दो खबर

बाँके, चैत २७ – भारतको कोठीमा बेचिएका पाँच जना नेपाली युवतीहरुको भारतको आग्राबाट उद्दार गरिएको छ । माइती नेपालले भारतीय प्रहरी र विभिन्न सङ्घ संस्थाहरुसँगको सहकार्यमा उनीहरुको उद्दार गरेको हो ।उद्दार कार्यमा संलग्न माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइरालाका अनुसार सिन्धुपाल्चोकका २ जना, नुवाकोटका २ जना तथा धादिङकी एक जना युवतीलाई उद्धार गरिएको हो ।

उद्दार गरिएकी १७ वर्षीया किशोरीले आफू दुई वर्ष अगाडि बेचिएको जानकारी दिएको माइती नेपालका क्षेत्रीय संयोजक कोइरालाले बताउनुभयो ।उनीहरुमध्ये धादिङ्गकी २२ वर्षीया युवतीले गाउँकै दिदी नाता पर्नेले कोठीमा पुर्‍याएको बयान दिएकी छन् । अन्य चार जनालाई भने उनीहरुका केटा साथीले कोठीमा पुर्‍याएको उनीहरुले बताएका छन् । माइती नेपालले भारतीय प्रहरीको सहकार्यमा ५ जना नेपालीसहित चार जना भारतीय युवतीको समेत उद्दार भएको छ ।

नेपाली र भारतीय ९ जना पीडित युवतीसँगै कोठी संचालक भारत आग्राकी प्रियादिपलाई समेत नियन्त्रणमा लिइएको छ ।चैत २१ गते उद्दार गरिएका नेपाली र भारतीय युवतीहरुलाई हाल आग्रास्थित नारी निकेतनमा राखिएको छ । आग्राको अदालतमा मुद्धा चलिरहेको र युवतीहरु बारम्बार अदालतमा जानुपर्ने भएका कारण हाल उनीहरु नारी निकेतनमा बसेका हुन् ।

१७ वर्षीया युवती दुई वर्षअघि नै कोठीमा बेचिएका कारण नेपालबाट सानै उमेरमा किशोरीलाई झुक्काएर भारतका कोठीमा लगेर बेच्ने र त्यहाँ उनीहरुलाई जबरजस्ती यौन व्यवसायमा लगाउने गरेको पाइएको माइती नेपालले जनाएको छ ।

माइती नेपालले झण्डै दुई महिनादेखिको अथक पहलपछि युवतीहरुको उद्दार हुन सकेको जनाएको छ । नेपाली युवतीहरुलाई कोठीमा राखिएको सूचनाका आधारमा दिल्ली हुँदै आग्रा पुगेको माइती नेपालको टोलीले जोखिम मोलेर उद्धार गर्न सफल भएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!