Wednesday, May 12, 2021
Home > समाचार > निर्मला पन्तकाे लागि न्याय माग्नअाउँदो शनिबार माइतीघर मण्डला जाअाैं…

निर्मला पन्तकाे लागि न्याय माग्नअाउँदो शनिबार माइतीघर मण्डला जाअाैं…

बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत शनिबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ। निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले दिउँसो एक बजे प्रदर्शन गर्ने भएका हुन्। ‘निर्मलाका निम्ति न्याय’ #JusticeForNirmala, #RageAgainstRape अभियानमा सहयोग पुर्‍याउन स्वतस्फुर्त रुपमा यो कार्यक्रम आयोजना गरिएको हो।

 

दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई दबाब दिन यो प्रदर्शनी हुँदैछ। यसअघि पनि माइतीघर मण्डलामा निर्मलाका निम्ति न्याय माग्दै मौन विरोध प्रदर्शन गरिएको थियो।  गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो। घटना भएको २ महिना बित्न लाग्दा पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन।

निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी न्याय माग्दै कञ्चनपुरबाट काठमाडौं आएका छन्। उनीहरूले पत्रकार सम्मेलन नै गरेर आफूहरूलाई न्याय दिन माग गरिरहेका छन्।

Leave a Reply