Saturday, March 6, 2021
Home > समाचार > जाबो काठमाण्डौको जाम हटाउन नसक्नेले रेल कुदाउछु भन्नु हास्यास्पदः डा भट्टराई -हेर्नुहोस उनको ट्वीट

जाबो काठमाण्डौको जाम हटाउन नसक्नेले रेल कुदाउछु भन्नु हास्यास्पदः डा भट्टराई -हेर्नुहोस उनको ट्वीट

काठमाण्डौ । नयाँशक्ती पार्टीका संयोजक एबं पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमा रेल लयाउने योजनाको ब्यंग्यात्मक बिरोध गरेका छन् ।डा. भट्टराईले काठमाण्डौमा भएको जामलाई नियन्त्रण गर्न भित्री बाटो बनाउन नसक्नेले रेलको कुरा गर्नु हास्यास्पद भएको दाबी गरेका छन् । उनले बिना स्पष्ट योजना रेल कुदाउने सपना देख्नु

हाँस्यास्पद भएकोतर्फ संकेद गर्दै काठमाण्डौको जामलाई जोडेर उदाहरण दिएका छन् ।उनले आज बिहानै आफ्नो ट्वीटर एकाउण्टमा ट्वीट गर्दै भनेका छन् झण्डै ३ घन्टादेखि नागढुंगाबाट निकै तलसम्म भयंकर सडक जाम छ ! हिसिला यमि सहित नयाँ शक्तिको हेडक्वार्टर टिम लगायत हजारौं यात्रु अलपत्र छन् !

विरामी, वयोवृद्ध र वालवच्चाको के हाल होला ! विचरा लोकल ट्राफिक प्रहरी निरीह छ ! एउटा वैकल्पिक बाटो अस्थायी भए पनि किन बन्दैन ? खालि रेलरपानी जहाजका सपना !डा. भट्टराई प्रधानमन्त्री हुंदा बाटो बिस्तार गरे जनतामा लोकप्रीयता कमाएका थिए । उनको ट्वीट

Leave a Reply

Your email address will not be published. Required fields are marked *