Thursday, March 4, 2021
Home > समाज > नेपालको यस ठाउँमा छ ‘अघोषित रेडलाईट एरिया’, ग्राहक, नेतादेखि ठेकेदारसम्मको मस्ती -हेर्नुहोस तस्वीर सहित

नेपालको यस ठाउँमा छ ‘अघोषित रेडलाईट एरिया’, ग्राहक, नेतादेखि ठेकेदारसम्मको मस्ती -हेर्नुहोस तस्वीर सहित

दाङ । दाङको घोराहीमा सेक्स र्याकेट संचालन भइरहेको रहस्योद्घाटन भएको छ । घोराहीमा संचालनमा रहेका करीब आधा दर्जन होटेलहरुमा अबैध रुपमा कल गर्लहरु देह व्यापार हुने गरेको तथ्य फेला परेको हो ।

केहि दिन अघि दाङको लमही बजारस्थित एक सेकुवा कर्नरमा दुई जनासँग यौन सम्बन्ध राख्नुपर्ने प्रस्ताव अस्विकार गर्दा आफुमाथि हातपात भएको कल गर्ल जानिका राव (नाम परीवर्तनले ) बताइन् ।

‘पहिला ३५ सयमा एक रातको डिल भयो, एक जनासँग मात्र सहबास गर्ने कुरा थियो, तर पछि २ जनासँग यौन सम्पर्क गर्न भनियो मैले मानिन, अनि ममाथि हातपात भयो ।’ आफुलाई ललाई फकाई राम्रो काम लगाईदिने बहानामा यौन पेशामा होटेल मलिक्निेले जबर्जस्ति फसाएको रावको भनाई छ । रावका अनुसार करीब १ सयको हाराहारीमा घोराहीमा कर्लगर्लहरु रहेका छन् ।

होल नाइट स्टेको ग्राहक हेरी ६ हजारदेखि ८ हजारसम्म लिने गरेको र त्यो मध्ये आधा पैसा यौनकर्मीले र आधा होटेल मालिक, दलाल र र्याकेट संचालकहरुले लिने गरेको रावले बताइन् ।

‘हाम्रा ग्राहकहरु पल्लेदारदेखी, नेता, पत्रकार, प्रहरी, व्यवसायी, ठेकेदारहरुसम्म हुन्’, रावले भनिन् । वैकल्पिक पेशा नभएका कारण आफूहरु यो पेशामा संलग्न हुन बाध्य भएको उनको भनाई छ ।

‘रात भन्नु छैन, दिन भन्नु छैन मालिक र ग्राहकको इच्छा अनुसार जहाँ पनि जानु पर्छ’, रावले भनिन्, ‘ग्राहले बोलाउँदा घोराहीका भिआइपी होटेलहरुदेखि तुृलसिपुर, लमही, भालुबाङ्ग, सल्यानसम्म जाने गरेका छौं ।’

दाङमा देह व्यापारमा संलग्न महिलाहरु १६ वर्षदेखि ३५ वर्षसम्मका रहेका छन् । यसरी देह व्यापार भइरहेको कुरा सबैलाई थाहा छ तर कोहि बोल्दैनन् । स्थानीय सरकारले कुनै सीपमूलक कामका लागि तालिम दिए आफुहरु यो पेशा छोडेर सम्मानीत पेशा अपनाउने रावको भनाई छ ।
घोराहीको मुटुमै धेरै यस्ता देहव्यापार गर्ने होटेलहरु संचालनमा रहेका छन् ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्मासँग बुझ्दा गैह्र कानुनीरुपमा देह व्यापार भए गरेको पाईए प्रहरीले नछोड्ने बताए । उनले, ‘नेपाल सरकारले अवैध भनेको कार्य कसैले गर्न पाउँदैन, गर्ने र गराउने दुवैलाई छोडिन्न ।’

यसरी खुलेआम यौन धन्धा हुँदा समेत कुनै निकायहरुबाट रोकटोक तथा अनुगमन नहुँदा समाजमा नकारात्मक असर पर्न सक्ने सरोकारवालाहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *