Friday, March 5, 2021
Home > समाचार > कञ्चनपुर निर्मला पन्त काण्ड : हत्या प्रमाण नष्ट गर्न भूमिका खेलेका प्रहरी पक्राउ

कञ्चनपुर निर्मला पन्त काण्ड : हत्या प्रमाण नष्ट गर्न भूमिका खेलेका प्रहरी पक्राउ

काठमाडौ , २८ भदौ –कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायका लागि काठमाण्डु आएका आफन्तले प्रमाण नष्ट गर्न भूमिका खेलेका प्रहरी अधिकारीहरुलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् ।रिपोर्टस क्लबमा बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले अपराध लुकाउन खोज्ने प्रहरीहरु खुलेआम हिंडिरहेको भन्दै न्याय पाउनेमा शंका व्यक्त गरेका हुन् ।निर्मलाका बुवा यज्ञराज पन्तले निर्मलाको बलात्कार र हत्या घटनामा प्रहरीले प्रमाण नष्ट गर्न गरेका गतिविधिहरुको दृष्टान्त पेश गर्दै अहिलेसम्म उनीहरु खुला हिँडिरहेको प्रति आश्चर्य जनाए ।

उनले निर्मला हराएकै दिन विभिन्न प्रहरी चौकीमा खबर गरेपनि प्रहरी नआइदिएको र सालघारी अस्थायी बिटका प्रहरी घटनास्थलमा जान तयार भएपनि एसपी डिल्लीराज विष्टले राकिदिएको बताए । उनले बम दिदीबहिनीको घरमा प्रहरीले समेत आफूहरुलाई भित्र पस्न नदिएको दाबी गरेछोरीको साइकल भेटिएपछि उसकी साथीकी दिदी बबिता बमले साइकल भेटिएको भए लाश पनि त्यतै होला भनेको प्रस‌ंग सुनाउँदै गर्दा पत्रकार सम्मेलनमै रोएउनले भने, ‘उसलाई कसरी थाहा भयो रु त्यति प्रमाण मिल्दामिल्दै पनि सरकारले उल्टै त्यसलाई स‌ंरक्षण गरिरहेको छ ।

’निर्मलाकी साथी रोशनीसँग बुझ्न खोज्दा प्रहरीले निर्मलाकी आमा र गाउँलेहरुलाई उल्टै हप्काएको पनि पन्तले बताए । पत्रकार सम्मेलनमा बोल्दा बेलाबेलामा भक्कानिएका यज्ञराजले सरकारले न्याय दिन नसक्ने भए आफूहरुलाई गोली ठोकेर मार्न आग्रह गरे ।दुई महिना बित्न लाग्दा पनि सरकारले अपराधीलाई पक्राउ गर्न नसककोमा दुस्ख व्यक्त गर्दै न्यायका निम्ति अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *