Sunday, June 20, 2021
Home > समाचार > कि न्याय दिनुस् या त मलाई गोली ठोक्नुस : निर्मलाकि आमा

कि न्याय दिनुस् या त मलाई गोली ठोक्नुस : निर्मलाकि आमा

काठमाडौं– बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरी की निर्मला पन्तकी आमा दुर्गा देबी पन्तले छोरीको हत्यारा पत्ता लगाउन नसक्ने भए आफूलाई गोलीहान्न सरकारसँग माग गरेकी छन्।

हत्यारा पत्ता लगाउन भन्दै गएका विभिन्न अधिकारीहरुले आफूलाई आश्वासन मात्र दिएको उनले बताइन्। ‘धेरै बुद्धिजिवीहरुले हामीलाई संझाएमात्र हत्यारा पत्ता लगाएनन्,’ उनले भनिन्, प्रधानमन्त्री यहि हुनुहुन्छ राष्ट्रपति पनि यहि हुुनुहुन्छ। निर्मलालाई न्याय दिलाउनुस। सक्नुहुन्न भने भन्नुस र मलाई गोली ठोक्नुस। राष्टपति ज्यु निर्मला तपाइकी पनि छाेरी हुन।

हत्यारा पत्ता लगाउन दवाबदिन मानवअधिकारकर्मीहरु सहित राजधानी आएकी दुर्गादेवीले आफू न्याय पाउने आसमा राजधानी अएको बताइन। राजधानीको रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, न्याय नपाइ घर जान्न। धेरै कुरा कति भनौ। प्रधानमन्त्री ज्यूको शरणमा आएकी छु।’

उनले राखेको धारणाको सम्पादित अंशः काठमाडौंबाट गएर बुद्धिजीवीहरुले सान्त्वना मात्रै दिए। तर हत्यारा पत्ता लागेर हाम्रोसामु खडा भएन। प्रधानमन्त्री पनि यहीँ हुनुहुन्छ, महिला राष्ट्रपति पनि यहीँ हुनुहुन्छ। न्याय दिलाउने काम पनि उहाँहरुको हातमा छ। जसरी पनि हामीलाई न्याय दिनुहोला भनेर प्रधानमन्त्रीको शरणमा हामी आएका छौं।

राष्ट्रपति पनि आमा हुन्, उहाँको पनि छोरीलाई यस्तो भएको भए के हुन्थ्यो? मेरो छोरी मात्रै होइन, आफ्नो पनि छोरी पनि सम्झिनु। मेरो ठाउँमा आफ्नो छोरी भएको भए के हुन्थ्यो भन्ने सोचेर जसरी पनि न्याय दिलाइदिनुस् भन्ने आशामा म यहाँ आएको छु।

न्याय माग्न आएका हौं, न्याय दिलाउनुस्। न्याय नपाएपछि घर फर्कने कसरी? दुई वटी छोरी पनि छोडेर आएका छौं। एक दिन पनि छोरी बिना बाँच्न गाह्रो हुन्थ्यो। तर छोरी छोडेर यहाँ तड्पिरहनुपरेको छ।

राज्यलाई न्याय दिलाउनुस् भन्न चाहन्छौं। हामीलाई भुलाएर नफर्काइदिनुस्। यदि न्याय दिन सक्नुहुन्न भने हामी न्याय दिन सक्दैनौं, तपाईंहरुलाई मार्न चाहन्छौं भनिदिनुहोला। मेरी छोरीको बलात्कारपछि बितेर यसरी देश तड्पिरहेको छ। मलाई पनि बरु गोली ठोक्नुस्। मलाई मार्छु भन्नुस्, म मर्न पनि चाहन्छु। जसरी पनि न्याय दिलाउनुहोस्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!