Thursday, February 25, 2021
Home > समाचार > अब उपरान्त हिन्दु मन्दिरमा पशुबली प्रतिबन्ध गर्ने सरकारको निर्णयको -पूरा हेर्नुहोस

अब उपरान्त हिन्दु मन्दिरमा पशुबली प्रतिबन्ध गर्ने सरकारको निर्णयको -पूरा हेर्नुहोस

श्रीलंका सरकारले मुलुकका हिन्दु मन्दिरमा पशुबली प्रतिबन्ध लगाएको छ । बोका, राँगा, कुखुरा बली दिने प्रथामाथि प्रतिबन्ध लगाइएको हिन्दु धर्म मामिला मन्त्रालयले जनाएको छ ।

बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलंकामा पशुबली दिनु अमानविय क्रियाकलाप भन्दै विरोध हुँदै आएको थियो ।बली दिने क्रममा हिन्दु र मुस्लिम समुदायले पशुलाई पिडा दिने गरेको भन्दै पशु अधिकारकर्मी तथा बौद्ध धार्मिक समुहले विरोध गर्दै आएका छन् ।

अधिकांश हिन्दु धर्मावलम्बीले सरकारको निर्णयको स्वागत गर्दै पशुबली नदिने प्रतिबद्धता जनाएपनि केही समुहले भने धार्मिक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइएको भन्दै विरोध जनाएका छन् ।

सो कानुनले श्रीलंकाको एक तिहाई जनसंख्या रहेको ईस्लाम धर्मावलम्बीलाई भने पशुबलीका लागि छुट दिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *