Sunday, September 20, 2020
Home > समाचार > यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृ’त्यु , २५ जना घाइते

यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृ’त्यु , २५ जना घाइते

लिमा – पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दु’र्घटना हुँदा १९ जनाको मृ’त्यु हुनुका साथै २५ जना घा’इते भएका छन् ।पेरु प्रहरीका अनुसार उक्त बस पहाडी राजमार्गको सडकबाट करिब ३०० मिटर तल नदीमा खसेको थियो । उक्त बस राजधानी लिमाबाट उत्तरतर्फ करिब ५५७ किलोमिटर टाढा त्रुजिलो शहर नजिक भएको हो ।

प्रहरी अधिकारी लुइज कोन्भेनासले बाक्लो हुस्सुका कारण बस दु’र्घटना भएको हुनसक्ने बताउनुभयो । घा’इतेहरुको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको पनि उहाँले जानकारी दिनुभयो ।प्रहरीका अनुसार उक्त बस कालान्काबाट त्रुजिलोतर्फ गइरहेको थियो । पेरुमा एन्डिज पर्वतमालामा बारम्बार सडक दु’र्घटना हुने गरेका छन् । यो भूभाग समुद्री सतहबाट दुई हजारदेखि तीन हजार मिटर उचाईमा रहेको छ । (रासस-सिन्ह्वा)

Leave a Reply

error: Please Dont Copy My Content!! !!