कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्याको छानबिन गर्न गएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीमाथि छानबिन हुने भएको छ।प्रहरी प्रधान कार्यालयले बिहीबार एसएसपी उत्तम सुवेदीको नेतृत्वमा सिआइबी अधिकृतमाथि छानबिन गर्न समिति गठन गरेको छ। समितिमा पाँच जना सदस्य छन्।समितिले सो टोलीमा गएका प्रहरीको बयान र अनुसन्धान गर्नेछ।
त्यस्तै निलम्बनमा परेका एसपी डिल्लीराज बिष्टसँग पनि आवश्यक बयान र गल्ती देखिए थप कारबाही गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको प्रहरी प्रवक्ता एसएपी शैलेस क्षत्रीले जानकारी दिए।
साउन १४ गते सिआइबी डिएसपी अंगुर जिसी नेतृत्वमा टोली तीन सदस्यीय टोली निर्मला बलात्कार-हत्याको अनुसन्धान गर्न कञ्चनपुर गएको थियो।