Thursday, February 25, 2021
Home > समाचार > कैलालीमा बाख्राको खोर भित्र सुतिरहेका बेला सर्पले टोकेर मिर्त्यु !

कैलालीमा बाख्राको खोर भित्र सुतिरहेका बेला सर्पले टोकेर मिर्त्यु !

धनगढी, भदौ २८- कैलालीको गौरीगंगा नगरपालिकामा बाख्राको खोर भित्रै सुतिरहेका बेला बुधबार राति सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।घरभन्दा केही टाढा रहेको बाख्रा फर्ममा सुतिरहेको बेला गौरीगंगा नगरपालिकामा वडा नम्बर ६ का ५५ वर्षीय झंकर साउँदको मृत्यु भएको हो ।राति ११ बजेको समयमा सर्पले टोकेका साउँदको उपचारका लागि सेती अञ्चल

अस्पताल धनगढी पुरयाउने वित्तिकै मृत्यु भएको हो ।सर्पले टोकेपछि उपचारका लागि मसुरियास्थित नेपाली सेनाको उपचार केन्द्रमा लिइएपनि त्यहाँ उपचार सम्भवन नभएपछि आज विहान मात्रै सेती अञ्चल अस्पताल ल्याइएको थियो ।

साउँदको सर्पले हातको दाँया औंलामा टोकेको थियो । उनका दुई श्रीमती, दुई छोरा र ६ छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *