Sunday, July 11, 2021
Home > समाचार > भर्खरै निर्मला हत्या प्रकरणमा गृहमन्त्रालयलिए खतरनाक एक्सन , एक दर्जन प्रहरी अधिकृत निलम्बन

भर्खरै निर्मला हत्या प्रकरणमा गृहमन्त्रालयलिए खतरनाक एक्सन , एक दर्जन प्रहरी अधिकृत निलम्बन

काठमाडौं, २८ भदौ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४८ दिनपछि अनुसन्धान शून्यमा पुगेपछि गृह मन्त्रालयले (बुधबार) पत्रकार सम्मेलन गर्दैछ ।बालिका पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीमाथि नै आरोप लागेपछि गृहले पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी दिन लागेको हो ।नेपालका विभिन्न चोरी, तस्करी र हत्याकाण्डको

अनुसन्धानमा नेपाल प्रहरी सफल भए पनि निर्मलाको हत्यामा प्रहरी भुत्ते सावित भएको छ । त्यति मात्र होइन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो नै यस प्रकरणमा असफल भएको छ ।निर्मलाको हत्यामा अहिले निलम्बित एसपी डिल्लीराज विष्ट र सीआईबीका डीएसपी अंगुर जिसी पनि मुछिएका छन् । निर्मला हत्याका सम्बन्धमा अनुसन्धान गर्न सिआइबीले केही दिनअघि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुर ज्ञवालीलाई कञ्चनपुर पठाएको छ ।

निर्मला हत्या प्रकरणमा गृहमन्त्री रामबहादुर थापा बादल र आईजी सर्वेन्द्र खनालकै आलोचना भएपछि गृहले आज एक दर्जन प्रहरीलाई निलम्बन गर्ने बुझिएको छ ।निर्मला प्रकरणमा अनुसन्धानमा सामेल प्रहरी र प्रमाण नष्ट गर्ने प्रहरीलाई निलम्बन गरी उनीहरूमाथि नै छानबिन गरिने भएको छ ।

यसैगरी, सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य उपसचिव वीरेन्द्र केसीले दिएको राजीनामाबारे गृहले जानकारी गराउने भएको छ |

Leave a Reply

error: Please Dont Copy My Content!! !!