काठमाडौ-छोटो समयमै नेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछाने क्रिकेटबाटै अहिले करोडपति बनेका छन् ।सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दिपले धेरै फ्यानहरु कमाएका छन्।क्रिकेटका लेग स्पीनर १८ वर्षीय सन्दीप खेलको पारिश्रमिकबाटै करोडपति बनिसकेका हुन् ।सन्दीपले नेपालको लागि एकदिवसीय
लिस्ट ए मा नेपालका लागि ५० विकेट पूरा गरिसके भने एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालबाट सर्वाधिक ८ विकेट लिइकसकेका छन् ।सन्दीपले टी–२० लिगहरुमा उत्कृष्ट खेलबाट टाटा कार पनि पाएका छन । सन्दीपले एपीएलबाट १५ हजार अमेरिकी डलर अर्थात् १७ लाख २५ हजार रुपैयाँ कमाउछन् भने सानिमा बैँक एम्बासडर बनेका उनले २ वर्षमा ९ लाख ६० हजार कमाउछन् ।यस्तै ग्लोबल टी–२० क्यानडाबाट ४० हजार अमेरिकी डलर अर्थात् नेपाली ४३ लाख २० हजार रुपैयाँ कमाउछन् भने सीपीएलबाट ५ हजार अमेरिकी डलर अर्थात नेपाली ५ लाख ४० हजार लाख कमाउछन् ।