Saturday, June 19, 2021
Home > समाचार > दुखद खबर : सुसाइड नोटमा यस्तो लेखेर २३ वर्षे नेपाली युवकले गरे अमेरिकामा पुलबाट हामफालेर आत्महत्या

दुखद खबर : सुसाइड नोटमा यस्तो लेखेर २३ वर्षे नेपाली युवकले गरे अमेरिकामा पुलबाट हामफालेर आत्महत्या

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा एक नेपाली युवकले आफै पुलबाट हाम फालेर आत्महत्या गरेका छन् । उनी क्यालिफोर्नियाको हल सान पाब्लो बस्दै आएका थिए ।उनि नवलपरासी रामग्राम वडा नम्बर २ का कृष्ण भट्टका २३ वर्षिय छोरा संचित भट्ट रहेको स्रोतले जनाएको छ ।११ तारिखका दिन संचितले रातीको ९ बजे आँफैले कार चलाएर सान राफेलको

पुलबाट हाम फालेर आत्महत्या गरेका हुन् । आत्महत्या गर्नु अघि संचितले लेखेको सुसाइट नोट प्रहरीले फेला पारेको छ ।संचितको सुसाइट नोटमा आँफुलाई जन्म दिएका बा आमालाई उनले धन्यवाद दिएका छन् भने आँफुले कसैका कारण आत्महत्या नगरेको र कसैको केही नबिगारेको भनि कारण समेत खुलाएका छन् ।संचितले किन आत्महत्या गरेका हुन भन्ने कारण अहिलेसम्म खुल्न सकेको छैन । संचितको अन्त्यष्टी शुक्रबार क्यालिफोर्नियाको एल सोबरनेटमा गरिने बताइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!