Sunday, July 11, 2021
Home > समाचार > निर्मला हत्या काण्डमा संलग्न ठुलो माछा पक्राऊ,कञ्चनपुर घटनामा प्रधानमन्त्रीलाई झुटो बोल्न लगाउने नेता यी हुन, माननीयको पोल यसरी खुल्यो !

निर्मला हत्या काण्डमा संलग्न ठुलो माछा पक्राऊ,कञ्चनपुर घटनामा प्रधानमन्त्रीलाई झुटो बोल्न लगाउने नेता यी हुन, माननीयको पोल यसरी खुल्यो !

काठमाडाैं । निर्मला पन्तको बलात्कार पछि भएको हत्याको दोषी पत्ता लगाउने क्रममा विकशित घटनाक्रमले सरकार नै घटनाको ढाकछेप गर्न लागेको त छैन भन्ने प्रश्न उब्जेको छ ।केहि दिन पहिले प्रधानमन्त्री केपी शर्मा आेलीले एउटा टेलिभिजन कार्यक्रममा ुठो कुरा बोले । आेलीले मेयरको आगनमा मृतक बालिकाको शव लगेर राजनीति गर्न खोजिएको भन्दै आक्रोस व्यक्त गरे ।

उनले यसैमा थपे बम दिदी बहिनीको जीवनमाथी खेलवाड भएको र गम्भीर महिला हिंसा समेत भएको टिप्पणी गरे । प्रम आेली यत्तिकैमा रोकिएनन्, उनले थपे उनीहरुको जीवनमा अन्धकार छर्न विभिन्न कसरत गरिदै छ, उनीहरुले बिहे गर्नु पर्दैन ? सम्म भन्न भ्याए ।

यदि प्रधानमन्त्री आेलीले यसरी टेलिभिजनमा दिएको सार्वजनिक अभिव्यक्ति झुठो सावित हुदैन थियो भने यसमा सरकारको कुदृष्टि छ भनेर शंका गर्नु पर्ने ठाउँ नै रहने थिएन । तर, आेली आफै निर्मलाको शव यात्रामा सहभागी पनि भएका थिएनन् । उसो भए प्रधानमन्त्री आेलीलाई कसले गलत सुचना प्रवाह गर्यो त यो भने खोजविनको विषय बनेको छ ।

नेपालपानाले कञ्चनपुर घटनाका बारेमा सुक्ष्म अध्ययन गर्यो । आखिर प्रधानमन्त्रीबाटै गलत कुरा कसरी संभव छ ? त्यो पनि बलात्कार तथा हत्या जस्तो जघन्य अपराधको कुरामा । त्यसैमा कञ्चनपुरमा हिंसा भड्किएको लकुरा सबैलाई जानकारी छ नै । प्रधानमन्त्री आेलीले सुचना लिने भनेको स्थानीय जनप्रतिनीधि तथा सुचना अधिकारीबाटै होला सायद ।

यसैमा कञ्चनपुर-३ का माननीय डा. दिपक भट्ट अाज सम्म माैन छन् । या उनैले यो सुचना प्रधानमन्त्रीसम्म पुर्याएको बजार हल्ला गाँइगुईँ सुनिन थालेको छ । कांग्रसले लासको राजनीति गर्न खोज्यो भन्दै हिड्ने भट्टले घटनाका बारेमा माैनता साध्नुले उनले नै प्रधानमन्त्री आेलीलाई गलत सुचना दिएको प्रष्ट हुन आएको छ । अन्यथा बालुवाटारको कडा सुरक्षा घेरा तोडेर सर्वसाधारणले यस्ता कुरा पुर्याउनै सक्दैन । संचार माद्यममा आएका कुराहरुमा मेयरको घरमा निर्मलाको शव लगिएको भन्ने कुरा पनि कतै देख्न पाइएन ।

यसलाई पुष्टि गर्दै नेकपाका नेता बिक्रम बहादुर शाहीले आफ्नो फेसबुकमा स्टाटस लेख्दै ढोके, बैठके, हुक्के…हरुको सुचनामा भरपर्दा के हुन्छ भन्ने कुरा तीनका मालिक हरुले अझै पनि बुझेनन् कुन्नी ? भन्दै कडा व्यङ्ग्य गरेका छन् ।

नेकपाका स्थानीय नेताहरुले भट्टको गलत सुचनालाई प्रधानमन्त्रीले पत्याउदा यसरी जनताकासामू गलत बोल्नु परेको जनाएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!