Tuesday, June 2, 2020
Home > जीवनशैली > सेविका रिमा भन्छिनः बलेको आगो सबैले ताप्छन्, बेसाहारालाई साहाराको कति खाचो हुन्छ?

सेविका रिमा भन्छिनः बलेको आगो सबैले ताप्छन्, बेसाहारालाई साहाराको कति खाचो हुन्छ?

बलेको आगो सबैले ताप्छन निभेको आगो कस्ले ताप्ने ?

नसकिन्छ गरिखान, नसकिन्छ मरिजान बुढेसकालैमा हुनुपर्ने रहेछ भन्ने कुरा बिर हस्पिटलका बेडहरूमा बेबारिसे भै उपचार गराईरहनुभएका बिरामीहरूको डरलग्दो कहानिबाट बुझिन्छ ।

आएका हौ खालि हात जानु पर्छ खालि,
के पाईन्छ अहंकार र घमण्डलाई पालि,

त्यसैले धन केहि हैन भनेर नउडाउ , आफ्ना आफन्त ईश्टमित्र हरूलाई नतोडौ, बाचुन्जेल हामीलाई हरेक कुराको खाचो नै पर्छ ।।शरिरमा तागत हुदा अरूलाई रूवाएर आफु हास्ने काम कहिलै नगरम आखिर कस्को दिन भोलि गएर कस्तो हुन्छ के थाहा???? सके सबैको भलो गरौ नसके कुभलो कसैको नगरम ।

बेसाहारालाई साहाराको कति खाचो हुन्छ कृपया एक पटक पढौ ,

अस्पताल नै बेबारिसेको घर , शिर्षकमा आएको समाचार पढि करिब दुई हप्ता अघि ट्रमा सेन्टर हस्पिटलको बेबारिसे बेडबाट उद्दार गरि ल्याईएको हरि दाईको आज कपाल काटि सरसफाई गर्दै गर्दा दाईले मनै रूवाउने शब्दहरू बोल्नुभयो ‘ बहिनी तिहार आयो भनेको सुन्छु मन भकानिन्छ, आफु त जन्मदै सबै कुराहरूबाट बन्चित भएर जन्मिएछु क्यारे बुबा आमा सानैमा बित्नुभयो एउटा भाई थियो । आफ्नो पटिको तेहिपनि बित्यो ।

सौतेनि दाईले अंश खाईदियो म टुहुरोको के दशै के तिहार बेवारिसे भएर हस्पिटलको बेडमा थिए धन्न हजुरले मेरो उद्दार गरि ल्याउनुभयो मन बुझाउने कोशिश गरेको छु लाग्छ अब म एक्लो छैन,भगबानले तपाईहरूको माया र प्रेम मेरो भागमा पनि पारिदिनु भएको छ।। यि दाईको कुराले मेरो मन धेरै बिरहल भयो र भने दाई हामी छौ अब हजुर एक्लो हुनुहुन्न ल। दिन दुखिको सेवा गरौ बेसहारा भएकाहरूलाई साहारा दिउ ।

रिमा सापकोटा साइरामका सेवाका हातहरू यसरी बाँडिन्छन्, तस्विर आफै बोल्छ…





✍️सेबिका रिमा सापकोटा

Leave a Reply

error: Please Dont Copy My Content!! !!