मिति २०७५।५।२५ गते विहान ०७:४० बजेको समयमा जिल्ला रुपन्देही सुद्धोधन गाँउपालीका वडा नं. ७ दानव नदीमा महिलाको लाश रहेको भन्ने खबर यस कार्यालयमा प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी अधिकृत समेतको टोली घटनास्थलमा खटि गई हेर्दा उक्त खोलाको पानीमा वर्ण गहुँगोरो, उचाई ५’४”, सेतो ब्रा, कालो सुरवाल लगाएको, बाया हात्केलामा मेहन्दी लगाएर बि. जि लेखिएको देखिएकाे थियो ।
त्यस्तै बाँया हातको पाखुरामा बुटी बाँधेको (कालो), दाहिने खुट्टाको नली हाडको मुनी तल कालो डोरी बाँधेको वर्ष अन्दाजी २०।२२ की तराई मुलको जस्तो देखिने महिलाको शव फेला परेकोमा घटनास्थलमा उपस्थित तथा घटनास्थल वरपरका मानिसहरुलाई बोलाई देखाउंदा उक्त शवको पहिचान हुन नसेकेकोले पोष्टमार्टमको लागि लुम्बिनी अंचल अस्पताल बुटवलमा राखिएको । उक्त शवको फोटोबाट पहिचान गर्नु हुने महानुभावहरुले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको १००, ०७१-५२०१९९ वा ९८५७०९०६२२ मा खबर गरी सहयोग गरी दिनु हुन अनुरोध ।
बागलुङ अनलाइन फेसबुक पेजबाट ।