Saturday, March 6, 2021
Home > समाज > इटहरीबाट अायो यस्तो लाजमर्दो खबरः दिउँसै याैनकर्मी रङ्गेहात…

इटहरीबाट अायो यस्तो लाजमर्दो खबरः दिउँसै याैनकर्मी रङ्गेहात…

सुनसरी । इटहरीमा यौनधन्दा बढ्दै गएपछि प्रहरीले होटलका सञ्चालक विरुद्ध कारबाही सुरु गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीको टोलिले इटहरीका बिभिन्न होटलबाट ९ जना यौनकर्मी सहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले इटहरी स्थित गणपति होटल लगायतका बिभिन्न होटलबाट उनिहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले इटहरीको नेशनल गल्लीमा रहेको गणपति होटल लगायत अन्य होटल तथा लजहरुबाट गणपति होटलका सञ्चालक राजकुमार सुबेदी, ग्राहकहरु कैलालीका भरत बिष्ट र हेटाँडाका महेश कुँवरसहितलाई पक्राउ गरेको छ ।

 

प्रहरीले इटहरी आसपासका केही होटल तथा लजहरुमा सञ्चालकहरुले नै यौनकर्मीहरुलाई सम्पर्क गरी अबैध यौनधन्दा तथा बेश्यावृति गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको जनाएको छ । पेशेवर यौनकर्मी महिला र ग्राहकलाई मात्र पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गतको मुद्दा लगाउँदै आएको प्रहरीले अब सञ्चालकलाई नै कारबाहीको प्रक्रियामा लैजाने तयारी थालेको हो ।

पक्राउ परेका महिला एवं यूवतीहरु यसअघि पनि पटकपटक पक्राउ परेका ईलाका प्रहरी कार्यालय इटहरीका निमित्त प्रमुख प्रहरी निरिक्षक राजन कार्कीले जानकारी दिए । पक्राउ परेकाहरु बिरुद्व सार्वजनिक अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको कार्कीले जनाउनुभयो । यौनकर्मी महिलालाई मात्र कारबाही गरेर यौनधन्दा कमी नहुने सरोकारवाला हरु ब्ताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *