Thursday, May 6, 2021
Home > समाचार > तिज को दिन आयो सारा नेपालीलाई रुवाउने खबर

तिज को दिन आयो सारा नेपालीलाई रुवाउने खबर

पर्वत ।आठ वटा छोरी जन्मेपछि जन्मेको छोरा त्यही पनि तीजमा दिदीहरुलाई जम्मा गरेर दर खुवाउने दिनमा झुण्डिएर आत्महत्या गरेका छन पर्वतको कुस्मा नगरपालिका वडा नं २ का २६ बर्षिय गणेश भन्ने फडिन्द्रराज पौडेलले दरखाने दिन मंगलबार झुण्डिएर आत्महत्या गरेका हुन ।मृतक पौडेल बिहान घरमा किन ढिला उठ्यो भनेर खोज्ने क्रममा आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

स्नातकोत्तर तहमा अध्ययनरत पौडेल केही समय पहिले देखि मानसिक समस्याबाट पिडीत थिए । मानिस देखि डराउने स्वभावका रहेका पौडेल श्रीमती माइत गएपछि एक्लै भएको अवस्थामा झुण्डिएका थिए । उनका दुई छोरी समेत छन ।

तीजको दिन घरमा सात जना दिदीहरु दरखान जम्मा भएका थिए । भाई संगै दर खाने दिदीबहिनीहरुको योजना शोेकमा परिणत भएको गाउँलेले जानकारी दिए । मृतक पौडेलको शब पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा घटना आत्महत्या जस्तो देखिएको र घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक भूवनेश्वर तिवारीले जानकारी दिए ।

Leave a Reply