Wednesday, December 8, 2021
Home > समाचार > Breaking: देशभर तीजकाे रमाइलो भैरहँदा कञ्चनपुरबाट अायो यस्तो दुःखद खबर

Breaking: देशभर तीजकाे रमाइलो भैरहँदा कञ्चनपुरबाट अायो यस्तो दुःखद खबर

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक गए राति मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवल्दार भीमदत्तनगरपालिका–१८ खैरभट्टीका हरिश भट्टको मृत्यु भएको छ।कैलालीको टिकापुरबाट से २ प ९६६९ नं को मोटरसाइकलमा आउँदै गरेका भट्ट चढेको मोटरसाइकल र भीमदत्तनगरबाट धनगढीतर्फ जाँदै गरेको से१ज ८६२ नं को भ्यान ठोकियो ।

 

यसरी एकअापसमा ठोक्किँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। दुर्घटनामा भएको जानकारी पाउने बित्तिकै पुगेको प्रहरीको टोलीले सख्त घाइते अवस्थामा भेटिएका भट्टलाई तत्कालै उपचारार्थ अत्तरियाको अस्पतालमा भर्ना गरे पनि उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको हलद्धानीतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको हो। ठक्कर दिने भ्यान र चालक इप्रका झलारीको नियन्त्रणमा रहेका छन्। भट्ट उग्रतारा सशस्त्र प्रहरी गण टीकापुरमा सहायक हवल्दार पदमा कार्यरत रहेको बुझिएको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!