Thursday, March 4, 2021
Home > मनोरञ्जन > पशुपति मन्दिरमा पुग्ने भक्तजनहरूका लागि अायो यस्तो खुशीकाे खबर

पशुपति मन्दिरमा पुग्ने भक्तजनहरूका लागि अायो यस्तो खुशीकाे खबर

काठमाडौं, भदौ २७ । पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथमा पुगेका श्रद्धालुलाई सहज रुपमा दर्शन गर्ने व्यवस्था मिलाएको छ । कोषले तीजका अवसरमा मन्दिर परिसर पुगेका श्रद्धालुका लागि लाइन बसेको आधा घण्टाभित्रै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाएको हो । पशुपति मन्दिरमा पुग्ने भक्तजनहरुले यस पटक कोषले निकै व्यवस्थित गरेर दर्शन गर्ने व्यवस्था मिलाएको प्रतिक्रिया दिएका छन् ।

कोषले श्रद्धालुका लागि दर्शनमार्ग, ट्राफिक व्यवस्था, सुरक्षा व्यवस्थालगायतका व्यवस्था सहज रुपमा मिलाइएको जनाएको छ । यस वर्ष तीजमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुग्ने भक्तजनको संख्या भने केही कम देखिएको छ । तर, क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले भने व्यवस्थित रुपमा दर्शनको प्रवन्ध मिलाइएकाले भक्तजन कमजस्तो देखिए पनि विगतमा जस्तै उल्लेख्य सहभागी भएको बताए ।

पशुपति क्षेत्रमा पुग्नेहरुको सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएका छन् । यस्तै ठूलो संख्यामा स्वयंसेवक पनि परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *