Wednesday, March 3, 2021
Home > समाचार > गुण्डा नाइकेहरूकाे हुदै यस्तो हरिविजोग अर्का डन गाैशालामा….

गुण्डा नाइकेहरूकाे हुदै यस्तो हरिविजोग अर्का डन गाैशालामा….

काठमाडौं । विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका गुन्डा नाइके पुष्पराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुली जिल्ला घर भएका श्रेष्ठलाई भदौ २६ गते अपरान्ह चार बजे काठमाडौंको गौशालाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखा काठमाडौंका प्रमुख एवम् एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । ३६ वर्षीय श्रेष्ठको स्थायी घर सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ५ मा पर्छ ।

 

गुन्डा नाइके श्रेष्ठविरुद्ध आफ्नै गृहजिल्ला सिन्धुलीमा सात वटा मुद्दा चलेको थियो । उनले राजधानीमा पनि विभिन्न अपाराधिक गतिविधि गर्दै आएका थिए । गुन्डा नाइके श्रेष्ठविरुद्ध सिन्धुलीमा जीवन श्रेष्ठ, राजन घिसिङ, अविनाश रिजाल, विजय मुनला घिसिङ, गगनसिंह शेर्पालाई ज्यानमार्ने उद्योगका साथै कुटपिट गरेकोमा मुद्धा चलेको थियो । प्रहरीको मोस्टवान्टेडको सूचीमा रहेका श्रेष्ठलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको एसएसपी सिंहले बताए ।

दैनिक नेपालबाट साभार गरिएकाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *