Tuesday, June 2, 2020
Home > बिजनेस > दशैंका लागि आज शुक्रबारदेखि नयाँ नोट साट्ने सुविधा, यी बैङ्कहरूमा सजिलै पाइन्छ

दशैंका लागि आज शुक्रबारदेखि नयाँ नोट साट्ने सुविधा, यी बैङ्कहरूमा सजिलै पाइन्छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०७६ सालको दशैंका लागि शुक्रबारदेखि नयाँ नोट साट्ने सुविधा दिने भएको छ । सर्वसाधारणले असोज १० देखि १७ गतेसम्म विभिन्न बैंकहरूबाट नयाँ नोट साट्न सक्नेछन् । राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र विराटगनर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका प्रदेश कार्यालयबाट पनि नोट सहटी सुविधा लिन सकिनेछ । नेपालका अन्य बैङ्कहरूमा पनि साधारतय पाइन सक्ने छ ।

त्यस्तै नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ र सुकिला नोट साट्नसक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका नोट एक/एक पाकेट गरी बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिन लागिएको राष्ट्र बैंकले बताएको छ । निर्धारित १८ हजार ५ सयभन्दा बढी पैसा आवश्यक पर्नेलाई भने नयाँ नोटको सट्टा पुरानो तर सुकिला नोट सटही गरिदिने राष्ट्र बैंकले बताएको छ ।

यो पनि पढ्नुहाेसः बढी शुल्क लिने कलेज सञ्चालकको धम्की ‘मन्त्री नै हटाइदिन्छौं’

काठमान्डाैं / निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्।

रिपोटर्स क्लबमा बिहीबार आयोजित अन्तरक्रियामा निजी मेडिकल कलेजहरूको सचिवसमेत रहेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्माले सरकारले ४२ लाख ४५ हजार शुल्क तोके पनि आफूहरूले ४९ लाख ९० हजार शुल्क लिएको स्विकार्दै धम्की दिए– ‘विश्वविद्यालयका डीनकै सल्लाहमा बिल काटेर लिएका हौं। हामीले गरेअनुसार नभए शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नै हटाइदिन्छौं।’

सोही अवसरमा एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका अध्यक्ष बसुरुद्धिन अन्सारीले यथास्थितिमा एमबीबीएस तथा बीडीएसमा विद्यार्थी भर्ना नलिने बताउँदै भने– ‘सरकारले एमबीबीएसमा उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार तथा बीडीएसमा १९ लाख ३२ हजार ६१२ रुपैयाँ शुल्क तोकेको छ। यो शुल्कमा सरकार आफैले पढाएर देखाओस्।’ आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!