Saturday, March 6, 2021
Home > समाचार > उच्चस्तरीय छानबिन समितिका सदस्यका डिआइजीलाई हर्ट अट्याक

उच्चस्तरीय छानबिन समितिका सदस्यका डिआइजीलाई हर्ट अट्याक

काठमाडौं। निर्मला पन्तको हत्या र बलात्कारको अनुसन्धानको विषयलाई लिएर सरकारले गठन गरेको समितिका एक सदस्यलाई हृदयघात भएको छ । समितिमा सदस्य रहेका सशस्त्र प्रहरी बलका डिआइजी बसन्त बानियाँलाई हृदयघात भएको हो ।

उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनलाई ६ दिन अगाडि हृदयघात भएको हो । सरकारले समितिको म्याद आइतबार १५ दिनका लागि थपेको थियो । म्याद थप गर्दा घटनाको निष्पक्ष अनुसन्धान नहुने भन्दै समितिका सदस्य उपसचिव वीरेन्द्र केसीले सोमबार राजिनामा दिइसकेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवदेी भने मंगलबार साँझसमम केसीको राजिनामा प्राप्त नभएको र उनका आरोपबारे औपचारीक रुपमा आफुहरुलाई जानकारी नभएको बताउँछन् । नयाँपत्रिका दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *