Monday, July 12, 2021
Home > समाचार > बुढानीलकन्ठमा घुस लिदा लिदै अधिकृत परे यसरि पक्राउ

बुढानीलकन्ठमा घुस लिदा लिदै अधिकृत परे यसरि पक्राउ

चैत । स्थानीय तहका कर्मचारीहरु घुस सहित पक्राउ पर्ने क्रम बढेको छ । बुढानीलकन्ठ नगरपालिकाका प्रशासकीय अधिकृत लिला अधिकारी र इन्जीनीयर विजेन्द्र श्रेष्ठ सोमबार साँझ ५ लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन् ।बुढानीलकन्ठ नगरपालिका र प्रशासकीय अधिकृत लिला अधिकारी ।महाराजगंजको प्रहरी एकेडेमी अगाडिको रेष्टुरेन्टबाट केहीबेरअघि उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

पोखरी निर्माणसम्बन्धी ठेक्कामा अधिकारी र श्रेष्ठले घुस माग गरेपछि पीडित ठेकदारले आयोगलाई निवदेन दिएका थिए ।पीडितको निवदेन अनुसार आयोगले अधिकारी र श्रेष्ठलाई उनीहरुको गाडीभित्र घुस रकम लिदै गरेको अवस्थामा प्रक्राउ गरेको हो । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

बुढानीलकन्ठ नगरपालिका गठन भएको ३ बर्षको बीचमा ४ पटक घुससहित कर्मचारी पक्राउ परिसकेका छन् ।प्रशासकीय अधिकृत लीला अधिकारीका कारण बुढानीलकन्ठ नगरपालिकाकै बेइज्जत भएको छ ।महिला भएर राति-राति घुस लिएर प्रशासकीय अधिकृत लीलाले नगरपालिकाकै शाख गिराउने काम गरेकी छिन् ।यस्ता घुस्याहा प्रशासकीय अधिकृतलाई पहिले नै संघीय मामिला मन्त्रालयमा फिर्ता गर्न नसक्नु नगरप्रमुख खरेलको कमजोरी देखिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!