Friday, April 16, 2021
Home > समाचार > निर्मलाका मुख्य दोषी भनिएका दिलिप बिष्ट लाईभ, छानविन समिति सदस्यको ज्यान जोखिममा ! (भिडियोसहित)

निर्मलाका मुख्य दोषी भनिएका दिलिप बिष्ट लाईभ, छानविन समिति सदस्यको ज्यान जोखिममा ! (भिडियोसहित)

काठमाडौं, २६ भदौ । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’ आज २७४ औं एपिसोड हो । कार्यक्रमको आजको विशेष एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

आजको विशेष एपिासको प्रस्तुत गरिएका रिपोर्टहरु निम्नानुसार छन्ः

निर्मला हत्या प्रकरण : समिति सदस्याको राजिनामा पछि उथलपुथल

कञ्चनपुर, २६ भदौ । कञ्चनपुरकी निर्मल पन्तको हत्या भएको २ महिना हुन लागिसक्दा पनि हत्यारा पत्ता लागेको छैन । बलात्कारपछि हत्या भएकी पन्तको बिषयमा प्रहरीले गलत मान्छेलाई फसाउन लागेको र प्रमाणहरु नष्ट गरेको भन्दै स्थानीय आन्दोलित भएका थिए । सोहीकारण गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समीतिका सदस्य बिरेन्द्र बहादुर केसीले सोमबार सुरक्षाको कारण देखाउँदै राजीनामा दिएका छन् ।

यस बाट के प्रष्ट हुन्छ भने भने निर्मलाको बलात्कार पछि हत्या गर्नहरुले सत्य लुकाउन खोजिरहेका छन् । किनकी सदस्य केसीले डिएनए टेष्टको कम्प्लीकेशनका बिषयमा समस्या देखाएको दोस्रो दिननै बलात्कार पछि हत्याका मुख्य आरोपी भनेर थुनामा राखिएका विष्टको डिएनए परीक्षण गर्दा मेल नखाएपछि अदालतले उनलाई जमानीमा छोडेको छ ।

राजमार्गमा खुलेआम यसरी पैसा उठाउँछ ट्राफिक प्रहरी

हेटौडा, २६ भदौ । यातायात व्यवस्था विभागले ताकेको भारवहन क्षमता भन्दा बढी भार वहन गरेका सयाँै सवारी ट्राफिक प्र्रहरीको मिलेमतोमा नै गुढ्ने गरेका छन् । देशका ६० प्रतिशत भन्दा बढी मालवहाक सवारी आवागमन हुने बाराको पथलैया स्थित चेक पोष्टमा सवारी चेकिङ हुने भएपनि ट्राफिकले प्रहरीले ५ सय देखि २ हजारसम्म जरिवानसँगै ५० देखि ५ सय रुपयौँसम्म घुस लिएर छोड्ने गरेको छ ।

मालवाहक सवारी साधनाका चालकहरुले रसिदमा उल्लेख हुने वाहेक अतिरितm रकम ट्राफिक प्र्रहरीलाई दिएपछि देशका सबै ठाँउमा जान दिने गरको बताउँछन् ।

उनिहरुले ट्राफिक प्रहरीलाई जरिवान बाहेक अवैध पैसा दिनु पर्ने दाबी गरेपछि हाम्रो हेटैडाँ स्थित टिभी जर्नालिष्ट देवराज पन्त ओभरलोड बोकेका ट्रकम सहचालक बनेर सिमरा र पथलैया स्थित ट्राफिक चेकिङ पोष्टमा पुगे ।

 श्रीमानको हत्या भएको भन्दै न्यायका खोजीमा कैलालीकी भागरती बिक

कैलाली । गत बैशाख १३ गते भिमदत्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका ५ मा पर्ने भासुको भीरमा डोजरले च्यापिएको अवस्थामा मृत भेटिएका डोजर (रोलर) चालक धनगढी उपमहानगरपालिका १४ फुलबारी बस्ने महेश टमटाका आफन्तहरुले उनको दुर्घटनामा मृत्यु नभई हत्या भएको आरोप लगाएका छन् ।

डोजर मालिक लक्ष्मण ऐरसंगको मृतकका शसुराको मितेरी नाता रहेको बताईए पनि उनले दुर्घटना पश्चात आफ्ना मितलाई फोन नगरेर पुराना रोलर चालक सुरेश वि.क.लाई फोन गरेर महेशको मृत्यु भएको जानकारी गराएको आफन्तहरुले आरोप लगाएका छन् ।

Leave a Reply