Saturday, March 6, 2021
Home > समाचार > ७ बर्षीय बालकको टाऊको भरी पीपै-पीप, बाबाले छाडेर गए-सहयोगको अपिल, सके सहयोग नसके शेयर गर्नुहोला

७ बर्षीय बालकको टाऊको भरी पीपै-पीप, बाबाले छाडेर गए-सहयोगको अपिल, सके सहयोग नसके शेयर गर्नुहोला

धनकुटा/ २०७२ सालमा आफ्नै घर नजिक चुंडिएर झरेको बिजुलीको तारमा खेल्दा करेन्ट लागेर देब्रे कान, हात र खुट्टा गुमाएका धनकुटा चौबिसेका ७ बर्षीय बालक सन्देश तामाङ्लाई अहिले फेरी टाउकाको घाउले सताईरहेको छ । हात र खुट्टाको भर नहुंदा एक महिना अघि मावलीमा लडेर उनको टाउकोमा गहिरो चोट भएको थियो ।

गएको ४ महिना देखि बुवा–आमा बेपत्ता भएपछि आधा शरिर अपांगता भएका उनी उपचारको अभावमा टाउकोमा घाउ बोकेर थप पिंडाले छटपटिएर हिंड्न बाध्य सन्देश सबैजना भएर पनि एक्लो जस्तै छन् । बाबु टेक बहादुर कान्छि श्रीमतीसंग काडमाण्डौ तिर र आमा प्रमिला पनि सम्पर्क बिहिन भएपछि अहिले ६५ बर्षीया बाजे जीत बहादुर तामाङ्ग मात्र उनको सहारा बनेका छन । करेन्ट लागे देखि हाल सम्म ऋण गरेर उनको उपचारमा १० लाख ५० हजार खर्च गरेका तामाङ्ग परिवारले अब भने आर्थिक अभावमा सन्देशको उपचार गर्न छाडेका छन् ।

पहिलाकै साढे पाँच लाख भन्दा बढी ऋण बाँकी नै भएको र अब कुनै उपाय नभएको बताऊँदै बाजे जीत बहादुर सहयोग गरिदिनुहुन अपिल गर्दै भन्छन,- उपचार खर्च नहुँदा सन्देशका बाबु आमाले नै छाडे, म उपचार गर्न लैजान्छु तर म सगँ आर्थिक उपाय छैन तपाईहरुले सहयोग गरेर मेरो नातिलाई बचाईदिनुहोस्’ । अपांगता भएका संदेश बचेको एक हात जोड्दै भन्छन,- मलाई मेरो ममी-बाबाले छाडेर जानु भो, म बाँच्न चाहन्छु, मलाई बचाऊनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *