Thursday, March 4, 2021
Home > भिडियो > यि आमा छोरा, आफ्नै ज्यानको बाजी लगाएर बेगनासमा डुब्दै गरेका २ जनाको ज्यान बचाए, त्यो बेलाको पल सम्झंदै यसो भने (भिडियो)

यि आमा छोरा, आफ्नै ज्यानको बाजी लगाएर बेगनासमा डुब्दै गरेका २ जनाको ज्यान बचाए, त्यो बेलाको पल सम्झंदै यसो भने (भिडियो)

पोखरा : हामी बेगनास तालपारि घरमै थियौं। एक्कासी डुंगाबाट गुहारगुहार भन्ने आवाज आएको सुनें। डुंगामा रहेकाले डुंगाको पानी तालमा फाल्दैगरेको पनि देखिएको थियो।

यत्तिकैमा छोरा कुमार र म डुंगामा उद्धार गर्न कुदिहाल्यौं। डुंगा १० मिनेट चलाउँदासम्म मान्छेहरु यत्रतत्र छरिएर छटपटाइरहेको देखेकी थिएँ। त्यहाँ पुग्दासम्म २ जनामात्र जीवित देखें। हाम्रो डुंगा सानो थियो।

२ जनालाई उद्धारगरी डुंगामा राखेपछि अरु २ जना महिला पनि घोप्टो परेको देखेका थियौं। अरुलाई राख्ने ठाउँ नभएकाले हामी २ जनालाई त बचाउनु पर्छ भन्ने लागेर अस्पताल लग्न ताल पारिपट्टि हान्नियौं।

२ जनालाई उद्धार गर्न पछिपछि आएका १ जनालाई अनुरोध गरेका थिर्यौ। बेलैमा उद्धार पाएको भए सबै बाँच्ने थिए। डुंगा डुबेको ठाउँसम्म किनारबाट आउन चलाउन जान्नेलाई २५ मिनेट जति लाग्थ्यो। त्यति नजिकै आउँदा पनि डुंगा डुबेर ठूलो क्षति भएकोमा दुःखलागेको छ।

यसअघि पनि तालमा डुबेका १ जना स्थानीयलाईछोरा राजकुमारलेबचाएका थिए। आज डुंगामा सवारहरुसँग लाइफ जकेट भएको भए यति ठूलो क्षति हुँदैनथ्यो। दिलकुमारी र राजकुमार जलारी आमाछोराले सपना खनाल र निशा पौडेललाई उद्धार गरी बचाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *