Tuesday, March 2, 2021
Home > समाचार > भोलि उपत्यकाका यी स्थानमा सवारी नचल्ने, यस्तो छ नयाँ रुट – समयमानै जानकारी लिएर दुःख पाऊन बाट बच्नुहोस (सूचना सहित )

भोलि उपत्यकाका यी स्थानमा सवारी नचल्ने, यस्तो छ नयाँ रुट – समयमानै जानकारी लिएर दुःख पाऊन बाट बच्नुहोस (सूचना सहित )

काठमाडौं,भदौं २६ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिनाथ मन्दिर परिसर भएर चल्ने सवारी साधनका लागि नयाँ रुटको व्यवस्था गरेको छ । महाशाखाले हरितालिका तीजको दिन पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड हुने भएकाले केही रुटमा सवारी साधनलाई निषेध गरेर नयाँ रुटको व्यवस्था गरेको हो ।

बागमती करिडोरका केही रुटमा पूर्ण रूपमा यातायात प्रतिबन्ध लगाएको र अन्य क्षेत्रमा निश्चित स्थान तोकेको महाशाखाले जनाएको छ । तीनकुने गौशालातर्फ भएर चल्ने मालवाहक सवारी साधनलाई दिनभर चल्न रोक लगाइएको छ । नारायणटार पुलबाट करिडोरको बाटो भएर चल्ने सबै मालवाहक सवारीलाई पनि चलाउन रोक लगाइएको छ ।

मालबाहक सवारी साधनहरू :

तीनकुनेबाट गौशालातर्फ र गोपीकृष्णबाट चाबहिलतर्फ आउन रोक लगाइएको।

नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालबाहक सवारी साधन तथा पानीका ट्याङ्करहरूलाई पनि उक्त दिन रोक लगाइएको।

यात्रुबाहक सवारी साधनहरू :

नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्गरोड परिक्रमा गर्ने सवारी साधनहरूलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाइएको।

रातोपुल गौशाला, चाबहिल हुँदै बौद्धतर्फ चल्ने सवारी साधनहरू पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चाबहिल हुँदै बौद्धतर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाइएको ।

कलंकी, हलचोक, बालाजु, महाराजगंज भएर चल्ने बस मिनिबस, माइक्रो बसहरू सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोही बाटो भएर फर्कने व्यवस्था मिलाइएको।

रातोपुल, गौशाला भएर चाबहिलतर्फ जाने माइक्रोबस र टेम्पोहरूलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चाबहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटीतर्फ जाने र फर्कंदा चाबहिल, सुकेधारा, महाराजगंज, लाजिम्पाट, खानीविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाइएको।

शंखमुल, नयाँ बानेश्वर, पुरानो बानेश्वर तर्फबाट चल्ने माइक्रोबस तथा टेम्पोहरू पुरानो बानेश्वरबाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था मिलाइएको।

पार्किङ व्यवस्थापन:

तिलगंगा – दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटक (YCL मार्ग) ,गौशाला प्रभाग – पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधनहरू।कोषको कार्यालय – पासवाला सवारी साधन,अमालकोट – पासवाला सवारी साधन/भारतीय दर्शनार्थीको सवारी साधन।सिफलचौर – स्वदेशी तथा विदेशी दर्शनार्थी एवं तीर्थयात्रीका सवारी साधन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *