Saturday, June 19, 2021
Home > समाचार > निर्मला पन्तको बलात्कार बारे बल्ल बोले प्रधानमन्त्री ओली

निर्मला पन्तको बलात्कार बारे बल्ल बोले प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका दोषीलाई जुनसुकै हालतमा कारवाही गरेरै छोड्ने दृढता व्यक्त गरेका छन् ।

बालुवाटारमा तीजको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै कञ्चनपुर घटनाका दोषी ढिलो चाँडो कानूनी दायरामा आउने प्रष्ट पार्दै कुनै प्रकारको संरक्षण नहुनेमा ढुक्क हुन भनेका छन् ।

कञ्चनपुर घटनाको छानबिन गरिरहेको टोलीका सदस्यले नै राजिनामा दिनुलाई गम्भिर षडयन्त्र भएको हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले त्यसको पनि छानबिन हुने बताएका छन् । प्रधानमन्त्री पत्नी राधिका शाक्यले तीजको अवसरमा वालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले महिला हिंसाका घटनामा अपराधी नउम्किउन भनेर सरकार सजग रहेको प्रष्ट पारेका छन् ।

पछिल्लो समयमा तीजका नाउँमा केही तडकभडक पनि देखिन लागेको भन्दै प्रधानमन्त्री ओलीले पुस्तांैदेखि चलिआएको संस्कृतिलाई निरन्तरता दिनुपर्ने तर अनावश्यक खर्च र तडक भडक गर्न नहुने समेत बताए । दृस्टी न्युजमा खबर छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!