Sunday, July 11, 2021
Home > समाचार > चितवनमा २३ वर्षकी सुन्दरीले खोलिन् यस्तो रेष्टुरेन्ट, ग्राहककाे भीड, विदेश जान खोज्नेलाई दिइन् कडा जवाफ (हेर्नुहोस् भिडियो)

चितवनमा २३ वर्षकी सुन्दरीले खोलिन् यस्तो रेष्टुरेन्ट, ग्राहककाे भीड, विदेश जान खोज्नेलाई दिइन् कडा जवाफ (हेर्नुहोस् भिडियो)

रोजगारी अभावमा लाखौं युवा विदेश पलायन भइरहेका बेला रञ्जता शर्मा भने देशभित्रै केही गर्नुपर्छ भनेर लागेकी छन् । त्यही सोचका कारण २३ वर्षकी यी युवतीले हालै चितवनको भरतपुरस्थित सप्तगण्डकी चोक नजिकै क्याफे खोलेकी छन् । बीबीए सकेर मास्टर्स पढ्ने योजनामा रहेकी रञ्जता विदेश जानुको सट्टा यहीं केही गर्न सकिन्छ भन्ने मान्छिन् । हेर्नुहोस् भिडियोः

उनले खोलेको बेल्ना फास्टफूड जोनमा विस्तारै आकर्षण बढ्न थालेको उनी बताउँछिन् । ‘हामीले ग्राहकको सन्तुष्टिका लागि केही नयाँ परिकार पनि भित्र्याएका छौं साथै हामी स्वाद र मूल्यमा पनि सचेत छौं’, उनले भनिन् । उनको क्याफेमा दरबारे लस्सी (दही लस्सी), कट्टी रोल, लाफिङ्ग, बेल्ना परौठा, मःम, छोले भटुरे, ससेज प्रमुख आकर्षणका रुपमा रहेका छन् ।

‘धेरै ग्राहकले हामीले चितवनमै पहिलो पटक भित्र्याएको दरबारे लस्सी मन पराउनु भएको छ , त्यस्तै हाम्रो कट्टी रोलको पारखी पनि विस्तारै बढ्दै हुनुहुन्छ’, उनले सुनाइन् । झण्डै १२ लाखको लगानीमा उनले खोलेको क्याफेमा ७ जनाले रोजगारी पाएका छन् । उनै आफैं पनि क्याफेको काममा खटिन्छिन् । आम्दानीबारे सोध्दा उनले भनिन्, ‘स्टाफ लगायत पूरै सञ्चालन खर्च धानिएको छ, केही रकम बचत पनि गरिरहेको छु ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!