Sunday, July 11, 2021
Home > प्रवास > दिल्लीमा बुवाआमासँगै बस्दै आएकि एक नेपाली बालिकाको बला*त्कारपछि ह*त्या

दिल्लीमा बुवाआमासँगै बस्दै आएकि एक नेपाली बालिकाको बला*त्कारपछि ह*त्या

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा दुई साताअघि ह*त्या गरिएकी एक नेपाली बालिकाको बला*त्कार भएको पुष्टि भएको छ । स्थानीय प्रहरीले पनि ती बालिकाको ३ साउनमा बला*त्कार प्रयासपछि ह*त्या भएको दाबी गरेको थियो । मंगलबार आएको पोस्टमार्टम रिपोर्टले पनि बालिकाको बला*त्कारपछि ह*त्या भएको पुष्टि गरेको छ । प्रहरीले बला*त्कार र ह*त्या आरोपमा उनको परिवार बस्दै आएको पेइङ गेस्ट हाउस (पीजी) सञ्चालक वसिम अहमद (सोनु) लाई पक्राउ गरेको थियो । र, स्थानीय अदालतले उनलाई पुपर्क्षका लागि थुनामा पठाएको थियो ।

प्रहरी अनुसन्धानमा ३ साउनको मध्याहृन आफ्नै कोठामा रहेका बेला सोनुले बला*त्कार प्रयाससँगै ह*त्या गरेको खुलेको थियो । घटनाका बेला मृत*क बालिकाका बाबु नजिकैको अर्को होस्टलमा ड्युटीमा थिए । र आमा पनि घरायसी काम गर्न अर्को घरमा गएकी थिइन् । प्रहरी अनुसन्धानमा घरमा उनी र सानी बहिनी मात्र रहेको बेला अभियुक्तले पहिले बला*त्कार गर्ने प्रयास गरेको र त्यसपछि ह*त्या गरेको खुलेको थियो । पोस्टमार्टम रिपोर्टले पनि त्यसलाई पुष्टि गरेको छ । रिपोर्टमा बालिकाको यो*निमा घाउ रहेको र शरीरका घाँटी लगायतका ठाउँमा निलडाम रहेको उल्लेख छ ।

बालिकाका बुबा रोजगारीका लागि पहिलो पटक सन् १९९६ मा भारत छिरेका थिए । त्यसपछि उनी काम खोज्दै उत्तरप्रदेश, हिमाचलदेखि विभिन्न ठाउँ पुगे । विगत चार वर्षदेखि भने उनी परिवारसहित दिल्लीमा बस्दै आएका थिए । विगत नौ महिनादेखि भने बालिकाको परिवार दिल्लीको लक्ष्मीनगर छेउको एउटा पीजीको भुइँतल्लाको कोठामा बस्दै आएको थियो । बालिकाका बुबा देव त्यही गेष्टहाउसको सरसफाईदेखि चौकादारी गर्दै आएका थिए । आमा डल्ली पनि होस्टलमा बस्ने विद्यार्थीका लागि खाना पकाउने काम गर्ने गर्थिन् ।

बालिकाको बुबा ड्युटी बिहान दस बजेदेखि दिउँसो साढे चारसम्म थियो । पहिले आफू बस्ने पीजीको ड्युटी सकेर साँझ छेउकै अर्को पीजीमा उनी जाने गर्थे । उनकी श्रीमती पनि पीजीमा बस्ने विद्यार्थीका लागि खाना पकाउनेलगायतका घरायसी काम गर्थिन् । दुवै पीजीको ठेक्का सोनुले नै लिएका थिए । सँधैझैं घटनाको दिन बुबा करिब दस बजे काममा गएका थिए भने आमा पनि बिहानै सात बजे काममा निस्केकी थिइन् । दिउँसो करिब एक बजे बालिकाका बुबा ड्युटी सकेर आफू बस्ने घरमा आए ।

कोठामा आउँदै गर्दा उनले अभियुक्त सोनु बाइक निकालेर बाहिरिँदै गरेको देखेका थिए । उनीहरूबीच छोटो कुराकानीसमेत भयो । त्यतिबेलासम्म उनलाई सोनुबाट आफ्नै छोरीमाथि त्यस्तो अप*राध गर्ला भन्ने अनुमानसमेत गरेका थिएनन् । तर, जब उनी कोठा छिरे छोरी अचेत अवस्थामा थिइन् । अचेत अवस्थामै नजिकैको अस्पताल पुर्‍याइएकी बालिकालाई चिकित्सकले मृ*त घोषणा गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!