Sunday, July 11, 2021
Home > Uncategorized > धारामा ड्रम छोयो भन्दै दलित महिला माथि हसिया प्रहार! टाउकोमा लाग्यो आठ ओटा टाँका! (भिडियो सहित)

धारामा ड्रम छोयो भन्दै दलित महिला माथि हसिया प्रहार! टाउकोमा लाग्यो आठ ओटा टाँका! (भिडियो सहित)

सरु सुनार , काठमाडौ – जातिय बिभेदका घटना र यसैबाट सिर्जित अपराध र अपराधी घटनुको सट्टा झनै मौलाउदै गएको देखिन्छ । २०६३ जेष्ठ २१ छुवाछूत मुक्त रास्ट्र घोषण र २०६८ को जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऎन २०६८ अहिले संशोधन भएर २०७५ भैसकेको छ । २०७२ को संबिधानले पनि जातीय भेदभाव र छुवाछूतलाई सामाजिक अपराध र कानुनी रूपमा दण्डनिय भनेको छ तर ऎन बनेको ८ बर्ष बितिसक्यो । छुवाछूत मुक्त रास्ट्र घोषणा गरेको देशमा यस्तो कहिलेसम्म?

दलित समुदायका माननिन ज्युहरु …
विशेष गरि दलित समुदायका माननीय ज्युहरु आज सदनमा बोल्ने पालो क- कसको छ ? यो घटना सदनमा उठाइदिनुस

दैलेखमा दलित महिला लक्ष्मी बिकलाई धारामा पानी छोइयो भनी राजकुमारी न्यापानेले हसियाले टाउको र शरीर भरी प्रहार गरि टाउकोमा ८ ओटा टाका लगाइएको र ३ महिना नहुदा सम्म अपराधीलाई नपक्डिने प्रसासन र मेलमिलाप गर्न दबाव दिने त्यहाका मुख्यहरुको बारेमा कुरा उठाउनु होस् सबै घटनाको जानकारी र dsp ले के भने प्रमाण सहित म दिन्छु म । यो विषय सदनमा उठाउनुस त्यो अपराधी महिलालाई कस्टडिमा हाल्न म तयार छु दैलेख जान ।
यस्ता घटना घटदा प्रशासनले ३ महिना सम्म अपराधी नपक्डनु कती दुखदायी छ ?? म यो घटनाको निरन्तर फलो गर्ने छु सदनमा पनि पुग्नु पर्यो र सडकमा हामी छौ ….. । लोकतन्त्र हो यो हामी दलित समुदायले अनुभुत गर्न नपाउने ? हामीले भोंट दिएर जिताएका अध्यक्षहरुले यस्ता मुद्दा मिलाउन दबाब दिने? अपराधीलाई सरक्षण गर्ने ?

जातीय छुवाछूत र बिभेदबाट दैलेखमा आज भन्दा पाच बर्ष पहिला छोराले ठूलो जातको केटि बिवाहा गर्दा माइती पक्षले केटाको बुवा सेते दमाईलाई कुटि कुटि मारेको घटना हामीले बिर्सिएको छैनौं … । आफ्नो आड र अहकारबाट अझै पनि पानी छोइएको निहुमा यसरी हाम्रा दिदिबहिनी माथी दिनहु जस्तो मरणासन्न हुनि गरि कुटपिट गर्नु यो अति नै निन्दनीय छ ।

३ महिनासम्म एउटा महिलालाई जसले सानो जात भन्दै मर्ने गरि कुटि उसलाई पक्डन नसक्न्नु र नपक्डनुले जातीय बिभेदका घटनामा प्रशासन कति मौन छ यो चरित्र पनि उदाङ्गो देखिएको छ ।

यो मुद्दा छोडदिन मैले र हामी कसैले पनि छोडनु हुन्न आउनुहोस् सबै जना …/ म दैलेखमा पीडित पक्षसग कुरा गरिरहेकी छु , डिएसपीसँग नि कुरा भएको छ सबै आधिकारिक प्रमाण पछि फेरि आउने छु ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!