Sunday, July 11, 2021
Home > Uncategorized > आफ्नो ट्याक्सीमा यात्रुले छोडेको २ लाख ५० हजार फिर्ता गर्ने यी हुन् इमान्दार ट्याक्सी चालक

आफ्नो ट्याक्सीमा यात्रुले छोडेको २ लाख ५० हजार फिर्ता गर्ने यी हुन् इमान्दार ट्याक्सी चालक

काठमाडौं। ट्याक्सीले यात्रुलाई ठग्छ भन्ने आम जनगुनासो सुनिरहेको बेला उपत्यकामै सञ्चालित ट्याक्सीमा छुटेको रु दुई लाख पचास हजार रकम ट्याक्सी चालकले प्रहरीलाई बुझेका छन् । उपत्यकामा सञ्चालित बा २ ज ४१५५ नम्बरको ट्याक्सी चालक सिन्धुली सुनकोशी घर भई हाल ललितपुर बस्ने २७ वर्षीय कुलबहादुर श्रेष्ठले आफ्नो ट्याक्सीमा यात्रुले छोडेको सो रकम प्रहरीलाई जिम्मा लागेका हुन् ।

सो रकम रुकुम सिस्नेका २६ वर्षीय विवेक खड्काको रहेको र चालक श्रेष्ठले महानगरीय ट्राफिक महाशाखामा आबुझाएका थिए । खड्काले विहीबार बिहान सुन्धाराको सिभिल मलदेखि न्युरोड जाने क्रममा ट्याक्सीमा रकम छोडेर हिँडेपछि चालक आफै पैसा फिर्ता गर्न महाशाखा पुगेका थिए । चालकले दिएको रकम महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले धनी खड्कालाई हस्तान्तरण गरेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!