Thursday, December 9, 2021
Home > अपराध > निर्मला हत्याकाण्डले लियो नयाँ मोड ! बाहिरियो यस्तो नयाँ रहस्य (हेर्नुहोस भिडियो)

निर्मला हत्याकाण्डले लियो नयाँ मोड ! बाहिरियो यस्तो नयाँ रहस्य (हेर्नुहोस भिडियो)

विचौलिया प्रकृतिका तत्वले निर्मला हत्याकाण्ड सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गुमराहमा पार्न खोजे पनि राज्यका अंगहरु भने यस प्रकरणमा गम्भीर देखिएका छन् । नेपाल प्रहरी र उच्चस्तरीय छानविन समिति निर्मला हत्याकाण्डमा गम्भीर देखिएका हुँदा हत्यारा पक्राउ पर्ने संकेतसँगै प्रमाण मेटाउन खोज्ने सबै प्रहरीमाथि कारबाही हुने लक्षण देखिएको छ । शुक्रबार उच्चस्तरीय छानविन समित स्थलगत कार्य सकेर काठमाडौं फर्किएको छ ।

काठमाडौं फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा समितिले प्रहरीले अनुसन्धानमा लापरवाही गरेको प्रारम्भिक ठहर सार्वजनिक गरेको छ । शव पाइएको स्थलको सुरक्षामा लापरवाही गरिएको समितिका संयोजक तथा सहसचिव हरिप्रसाद मैनालीले बताए । उनले समितिले घटनाका सबै पक्षसँग सोधपुछ गरिएको बताए पनि छानविन जारी रहेकाले थप तथ्य बताउन नमिल्ने बताए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!