Monday, September 28, 2020
Home > समाचार > ट्राफिकले जरिवाना तिराएको रिसमा विद्युत कर्मचारीले पनि काटिदिए प्रहरी चौकीको लाइन्

ट्राफिकले जरिवाना तिराएको रिसमा विद्युत कर्मचारीले पनि काटिदिए प्रहरी चौकीको लाइन्

भारत- ट्राफिकले जरिवाना तिराएको रिसमा विद्युत कर्मचारीले प्रहरी चौकीको लाइन काटिदिएका छन् । यो घटना हो भारत उत्तर प्रदेशको फिरोजाबादको । मोटरसाइकल चलाउने क्रममा ट्राफिक नियम तोडेको भन्दै ट्राफिक पुलिले उनलाई जरिवाना तिराए र यातायात नियमको सिकाए । त्यसपछि ट्राफिक पोस्टका इन्चार्जले पनि विद्युतका इन्जिनियरलाई फोन गरेर आक्रोशित लाइनम्यानले लामो समयदेखि विद्युत महसुल तिर्न बाँकी रहेको प्रहरी चौकीको लाइन काटिदिए र चौकी इन्चार्जलाई विद्युतको नियमको पाठ सिकाएको बताइएको छ ।

ट्राफिकले उनलाई रोके र हेल्मेट नलगाएको भन्दै जरिवाना तिराए । लाइनम्यानले आफू बिग्रेको विद्युत बनाउन जान लागेको भन्दै आफ्ना इन्जिनियरलाई फोन गरेर ट्राफिकँग कुरा गराए । तर, ट्राफिकले उल्टै इन्जिनियरलाई नै ट्राफिक नियमको पाठ पढाए । त्यसपछि चौकीले ६ लाख ६२ हजार ४६३ रुपैयाँ विद्युत महसुल तिर्न बाँकी रहेको भन्दै कारवाहीस्वरुप चौकीको लाइन काटिदिएका थिए । जसका कारण केही समय पुलिस चौकीमा काम ठप्प भएको थियो । भारतिय मिडियाका अनुसार यस विषयले अहिले चौतर्फी चर्चा पाइरहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!