Tuesday, September 29, 2020
Home > समाचार > योगेश भट्टराई पर्यटन मन्त्री नियुक्त, यस्तो छ उनको पृष्टभूमि

योगेश भट्टराई पर्यटन मन्त्री नियुक्त, यस्तो छ उनको पृष्टभूमि

काठमाडौं, १५ साउन । आज मन्त्रिमण्डल बिस्तार भएको छ । नेपाल कम्युनष्टि पार्टी ९नेकपा०का युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका छन् । भट्टराईले आज अपरान्ह्र ४ बजे सपथ ग्रहण गर्दै छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईलाई प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग नेता भट्टराईलाई मन्त्री बनाउने प्रस्ताव राखेका थिए ।

गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।
नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
पाँच महिनापछि प्रधानमन्त्री ओलीले ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन्। प्रधानमन्त्रीले मन्त्रिपरिषद नै फेरबदल गर्ने चर्चा पनि चलिरहेको छ। तर आज भने भट्टराईले मात्र मन्त्रीको सपथ लिने बालुवाटार स्रोतले जनाएको छ।

भट्टराईको जन्म २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा बुबा स्व. भिमलाल भट्टराई र आमा महेन्द्रादेवी भट्टराईको कोखबाट भएको हो। भट्टराई २०३६ सालको विद्यार्थी आन्दोलनबाट वाम राजनीतिमा प्रवेश गरेका थिए। उनी २०४० सालमा पञ्चाय विरोधी आन्दोलनका क्रममा केन्द्रीय कारागारमा पहिलो पटक जेल परे।

२०४१ सालमा इलामको महेन्द्ररत्न क्याम्पसको स्ववियु उपसभापति र २०४३ सालमा सभापति पदमा निर्वाचित भए। २०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय सदस्य रहेका भट्टराई कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भए।

२०६२-६३ को जनआन्दोलनमा एमाले काठमाडौं उपत्यका कमिटीको सचिव, २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को संस्थापक महासचिव, २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र नवौं महाधिवेशनबाट एमालेको सचिव पदमा निर्वाचित भए। भट्टराई पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंबाट पराजित भएका थिए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!