Friday, September 25, 2020
Home > समाचार > पातको मुल्य नै लाखौ पर्ने जडिबुटी खेती नेपालमै, यसरी भए झविन्द्र मालामाल (भिडियो हेर्नुस्)

पातको मुल्य नै लाखौ पर्ने जडिबुटी खेती नेपालमै, यसरी भए झविन्द्र मालामाल (भिडियो हेर्नुस्)

केही वर्ष अघि बांझो रहेको बगर अहिले हरियाली बनेको छ । एक जना युवा कृषकले दुर्लभ मात्रामा गरिने शीत्तल चिनी खेती सुरु गरे संगै शुद्धोधन गाउपालिका वडा नं. १ को बगर हरियाली बनेको हो ।रुपन्देहीको शुद्धोधन गाउंपालिका वार्ड नं १ मा एकीकृत अर्गानिक कृषि फर्म स्थापना गरेर झविन्द्र प्रसाद पौडेलले शित्तल चिनीको खेती गर्दै आएका छन् । एक बर्ष अघि देखि सञ्चालनमा आएको यो फार्मले खेती सुरु गरेकै बर्ष देखि आम्दानी समेत गर्दै आएको छ । शीतल चिनी भनेर चिनिने (मोरिङ्गा) खेती यो प्रदेशकै ठुलो हो ।

३ विघाहा क्षेत्रफलमा पौडेलले शित्तल चिनीको खेती गर्दै आएका छन् । यो एक प्रकारको औषधि हुने जडिबुटीयुक्त खेती हो । लगानी गरेकै वर्षबाट आम्दानी भएको शीतल चिनीबाट ३ वर्षमै पूर्ण रुपमा उत्पादन लिन सकिने फार्म सञ्चालक पौडेलको भनाई छ । “मैले यो युटुवमा हेरेर यसको खेती गर्नुपर्छ भन्ने सोचले विदेशमा भएका भान्जालाई समेत नेपाल ल्याएर यो खेती सुरु गरेको हुँ” पौडेलले भने ।

सानोसानो विरुवाको रुपमा बढ्ने यसका हांगाहरु काटेर पात जम्मा गरिन्छ र प्रशोधनका लागि बिक्री गरिन्छ । यसको पातबाट बन्ने धुलोबाट निकै धेरै प्रकारका औषधि बन्ने गरेका हुन्छन् । शीतल चिनी नदी उकास क्षेत्रमा रहेको बलौटे माटोमा धेरै फक्रिन सक्दछ । प्रशोधनकर्ताले उत्पादकलाई प्रतिकिलो ५ सय ५० का दरले खेतबाट नै उठाउने गरेका छन् । रुपन्देहीमा अहिले उत्पादन भइरहेको शीतलचिनी पिकेएमवान जातको हो । ३ विधा क्षेत्रफलमा १० लाख लगानी बाट शीत्तल चिनीको खेती पौडेलले सुरु गरेका हुन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!