Monday, September 28, 2020
Home > समाचार > भारतमा एकाएक छाए राजेश हमाल ! अमिताभ र शाहरुखसँग तुलना गर्दै यसरि गरियो तारिफ

भारतमा एकाएक छाए राजेश हमाल ! अमिताभ र शाहरुखसँग तुलना गर्दै यसरि गरियो तारिफ

महानायकको उपमा पाएका नेपालका कलाकार राजेश हमालको विवाह भएको पाँच वर्ष हुन लाग्दा भारतीय मिडियामा उनको विवाह र उनको चलचित्र यात्राको विषयलाई लिएर निकै राम्रो चर्चा भएको छ । उनी अहिले भारतीय मिडियामा छाएका छन्। भारतको प्रमुख सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले उनका बारेमा निकै राम्रो स्टोरी बनाएको छ । उनलाई भारतीय सुरपस्टार अमिताभ बच्चनसंग तुलना गर्दै समाचार बनाएको छ । ‘ये हैं नेपाली सिनेमा के ‘अमिताभ बच्चन’, २२ साल छोटी मोडल से की थी शादी’ शीर्षकमा हमालको चलचित्र यात्राको संघर्ष तथा सफलताका बारेमा लामो स्टोरी बनाएको छ । उनलाई नेपालमा मात्र होइन भारतमा पनि चर्चित कलाकार भन्दै लेखेको छ ।

भारतीय मिडियाले हमाललाई भारतका महानायक अमिताभ बच्चन तथा बलिउड बादशाह शाहरुख खानसँग तुलना गरेको छ । उनलाई नेपालमा महानायकको उपमा दिइने गरिएको भन्दै उनको संघर्ष भारतीय सुपरस्टार अमिताभ बच्चनको संघर्षसंग तुलना गरिएको छ । भारतमा अमिताभ र शाहरुखलाई गरिने सम्मान र नेपालमा हमाललाई गरिने सम्मान बराबर रहेको सो समाचारमा उल्लेख छ ।

परिवारको चाहना विपरित अभिनयमा लागेका राजेशको संघर्षको यात्राका बारेमा पनि चर्चा गरेको छ । राजेशले सन् १९८८ मा फिल्म ‘युगदेखि युगसम्म’बाट डेब्यु गरेका थिए। आफ्नो पहिलो फिल्मबाटै राजेशले दर्शकको मन जितेको र त्यसपछि उनले फर्केर हेर्नु नपरेको तथ्य समाचारमा उल्लेख छ । समाचारमा उनले आफ्नो कपाल प्रति देखाएको मोहका बारेमा पनि लेखिएको छ ।

फिल्मी करियरको उत्कर्षमा रहँदा राजेशको आफ्नो कपालप्रति एकदमै गर्व गर्थे। यसैकारण उनले आफ्नो पिताको अन्तिम संस्कारमा समेत कपाल काट्न (कपाल खौरिन) नमानेको समाचारमा उल्लेख छ।समाचारमा राजेश पछिल्लो समय बहुचर्चित टिभी शो को बन्छ करोडपति होस्ट गरिरहेकोमा अमिताभसँग तुलना गर्दै लेखेको छ, ‘जसरी भारतमा अमिताभ बच्चन आम दर्शकका सुपरस्टार हुन, त्यसैगरी लोकप्रियता नेपालमा राजेश हमालको छ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!