Tuesday, September 29, 2020
Home > भिडियो > अस्ट्रेलियामा सडक दुर्ज्याघटनामा ज्यान गुमाएका यी नेपाली बिद्यार्थीको अन्तिम लाइभ भिडियो, “बेहुला बनाउछु भन्थी बहुला बनाएर गइ” (भिडियो)

अस्ट्रेलियामा सडक दुर्ज्याघटनामा ज्यान गुमाएका यी नेपाली बिद्यार्थीको अन्तिम लाइभ भिडियो, “बेहुला बनाउछु भन्थी बहुला बनाएर गइ” (भिडियो)

स्याङ्जा : अष्ट्रेलियमा कार दुर्घ*टना हुँदा स्याङजाका २ जना विद्यार्थीको मृ*त्यु भएको छ।अन्य ३ जना घाइते भएका छन्। अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै शनिबार राति भएको कार दुर्घटनामा वालिङ नगरपालिका १० का समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको ज्यान गएको हो।

अस्ट्रेलियाको पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो। विदाको समयमा साथीसँग हिउँ खेल्न हिँडेका १५ जनामध्ये ५ जना चढेको कार दुर्घटनामा परेको हो। उनीहरु ३ वटा कारमा थिए। अन्य १० जना खाना खाएर क्यानबेरामै बसेका थिए। तर, ५ जना भने राति नै स्नोई माउण्टेनतिर हिँडेको बताइएको छ।


क्यानबेराबाट करिब २ घण्टा लाग्ने सो स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेको घाइते आश्विन कडेलले बताए। आफू निदाएकाले तत्कालै केही थाहा नपाएको उनको भनाई छ। दुर्घट*नामा सख्त घाइते २ लाई हेलिकप्टरमार्फत लगेर उपचार भइरहेको र एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको छ।

मृ*तक दुवैजना डेढ वर्षअघि अष्ट्रेलिया गएको पारिवारिक स्रोतले जनाएको छ। जेहेन्दार, मेहनती र तिक्ष्ण बौद्धिक क्षमताका दुई होनाहार युवा विद्यार्थीलाई अल्पायुमै गुमाउनु परेकोमा स्याङ्जाबासी शोकमा डुबको छ। अन्नपूर्ण

Leave a Reply

error: Please Dont Copy My Content!! !!