Monday, July 19, 2021
Home > समाचार > भर्खरै सैनिक विमान दुर्घटना, १८ जनाको मृ*त्यु

भर्खरै सैनिक विमान दुर्घटना, १८ जनाको मृ*त्यु

अर्थ संसार, रावलपिन्डी- पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दु*र्घटनामा १८ जनाको मृ*त्यु भएको अधिकारीहरुले बताएका छन् ।

सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिन्डी शहरको छिमेकमा रहेको एक गाउँमा सो विमान दु*र्घटनाग्रस्त भएको थियो ।सो दु*र्घटनामा मारिएका १३ जना सर्वसधारण र पाँच चालक दलका सदस्यसहित १८ जनाको श*व अस्पताल लगिएको उद्धार टोलीका प्रवक्ता फारोक बुटाले बताएका छन् ।

राजधानी इस्लामाबादनजिकै भएको यस दु*र्घटनामा १२ सर्वसाधारण पनि घाइते भएका छन् । सबै शव नराम्ररी जलेकाले परिचय खुलाउन डिएनए परीक्षण गर्नु पर्ने अवस्था रहेको बुटाले जानकारी दिए ।एक स्थानीय वासिन्दाका अनुसार मङ्गलबार बिहान २ बजे सो विमान दु*र्घटनाग्रस्त भएको थियो । ठूलो आवाजका साथ भएको विस्फोटका कारण आफू निद्राबाट ब्युँझिएर घरबाहिर गएर हेर्दा आगलागी भइरहेको मोहमद सदिकले बताउनु भएको छ ।

विमानमा सवार कतिपयले सहयोगका लागि चिच्चाएका र उनीहरुको सहयोगको प्रयास गरिएको तर सम्भव नभएको सदिकले बताउनुभयो । उनका अनुसार सो दु*र्घटनामा एकै परिवारका सात जनाको ज्यान गएको छ ।

सेनाको सूचना शाखाका अनुसार यो सैनिक विमान नियमित प्रशिक्षणमा रहेको थियो । उद्धारकर्मीहरूले आगलागी नियन्त्रणमा लिई घाइतेलाई स्थानीय अस्पतालमा पुर्याएका थिए ।यस दु*र्घटनामा ज्यान गु*माएका व्यक्तिको परिवारजनप्रति पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गहिरो समवेदना प्रकट गरेका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!