काठमाडौँ : नेपालको पहिलो अन्तराष्ट्रिय नृत्य प्रतियोगिता बुगीवुगीको पहिलो संस्करण पूरा भएको छ। कविता नेपाली आफ्ना दुई प्रतिस्पर्धी लाई उछिनेर नेपालको पहिलो ‘बुगीवुगी‘ विजेता बन्न सफल भएकी हुन् ।
बुगीवुगीको फस्ट रनरअप प्रगतीपुन भनेकी थिइन् भने सेकेन्ड रनर अप सरोज बनेका थिए।
‘बुगीवुगी’को पुरस्कार राशिको कुरा गर्ने हो भने उपाधि विजेताले उपाधिसहित २५ लाख रुपैयाँ जितेका छन् भने पहिलो रनरअप प्रकृतिले ६ लाख रुपैयाँ र दोस्रो रनरअप सरोजले ४ लाख रुपैयाँ जितेका छन् ।
तर, पछिल्लो एक अन्तरवार्तामा बुगीवुगीको उपाधि विजेता कविताले आफूले जितेको पुरस्कार राशि २५ लाख रुपैयाँ अहिलेसम्म नपाएको गुनासो गरेकी छिन् ।
हेर्नुस यो भिडियो: