Thursday, October 1, 2020
Home > Uncategorized > ठुलाबेसी नजिकै झिमरूकले बगाउँदा एक जनाको मृ*त्यु

ठुलाबेसी नजिकै झिमरूकले बगाउँदा एक जनाको मृ*त्यु

ठुलाबेसी प्युठान । गौमुखी गाउँपालिका ५ ठुलाबेसी नजिक रहेको झिमरूक नदीले बगाउँदा एक जनाको मृ*त्यु भएको छ । शनिबार बेलुका करिब ५ बजेतिर ठुलाबेसी नजिकबाट झिमरूक नदी तर्न खोज्दा गौमुखी गाउँपालिका ४ पुजाका अन्दाजी ३५ वर्षीय किसान पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । ठुलाबेसीदेखि करिब डेढ किलोमिटर तल फड्के भन्ने स्थानमा पुनको श*ब भेटिएको स्थानीयबासी कवि केसीले बताए ।

घटनाको स्थलगत अध्ययनको लागि जिल्ला प्रहरी कार्यालय प्युठानको मुद्दा फाँटमा कार्यरत प्रहरी सहायक निरीक्षक (सई ) बुद्धिप्रसाद राना नेतृत्वको एक टोली त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

घटनाको मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल प्युठान लैजाने तयारी भएको छ । मृ*तक पुनका श्रीमतीसहित एक छोरा र एक छोरी रहेको बताइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!