Tuesday, July 13, 2021
Home > Uncategorized > होटेलमा खाना खाएको पैसा नतिरेपछि ग्राहकलाई नै यसरी साङ्लोले बाँधेर राखियो!

होटेलमा खाना खाएको पैसा नतिरेपछि ग्राहकलाई नै यसरी साङ्लोले बाँधेर राखियो!

लिमा– कुनै व्यावसायका ग्राहकले पैसा तिर्न लगाउन के सम्म गरिन्छ ? ल्याटिन अमेरिकी मुलुक पेरुमा भने पैसा तिराउने घटनाले हदै पार गरेको छ । पेरुमा खाएको पैसा तिर्नका लागि एकजना ग्रहकलाई रेष्टुरेन्टमा साङ्लोले बाँधेर राखिएको घटना सार्वजनिक भएको छ । भेनेजुएलामा आर्थिक तथा राजनीतिक संकटबाट भागेर पेरु पुगेका एक जनालाई रेष्टुरेन्टमा साङ्लोले बाँधेर राखिएको घटना सार्वजनिक भएको हो ।

ला पटिला अखबारका पत्रकार लुइस मार्टिनेजले साङ्लोले बाँधेर राखेको राखेको घटना सार्वजनिक गरेका हुन् । समाचारसँगै सार्वजनिक गरिएका तस्बीरमा ती ग्राहकलाई कुर्सीमा साङ्लोले बाँधेर राखिएको छ ।ती तस्बीरहरु साङ्लोमा बाँधिने ग्राहक आफैँले खिचेको बताइएको छ । भेनेजुएलाबाट आएका आप्रवासीका साथमा पैसा नहुने र उनीहरुले खाएको पैसा नतिर्ने भएकाले ती अप्रवासीलाई साङ्लोले बाँधिएको जनाइएको छ ।

ला पटिला अखबारले भने ‘विदेशीलाई घृणा गर्ने भावना’ का कारण यस्तो घटना घटेको आरोप लगाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!