Thursday, July 15, 2021
Home > समाचार > बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता श्रेष्ठले गरे आ*त्मह*त्या

बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता श्रेष्ठले गरे आ*त्मह*त्या

काठमाडौं- प्रधानमन्त्री निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका युक्तप्रसाद श्रेष्ठले आ*त्मह*त्या गरेका छन्।

माछापोखरीस्थित सपिङ मलको सातौं तलाबाट हामफालेर उनले आइतबार आ*त्मह*त्या गरेका हुन्। अवकाश प्राप्त नायब सुब्बा उनी पर्वत कांग्रेसका नेता समेत हुन्। महानगरीय प्रहरी वृत्त बालाजुले उनको आ*त्मह*त्या पुष्टि गरेको हो ।

घटना लगत्तै प्रहरीले श्रष्ठलाई तत्काल उपचारका लागि पिपुल्स अस्पताल लगेको थियो। अस्पतालले उनलाई मृ*त घोषणा गरेको थियो । सपिङ मलमा किनमेलका लागिभन्दा पनि उनी आत्महत्याका लागि सातौं तलामा गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनी ललितानिवास परिसरको सरकारी जग्गा सत्ता, शक्ति र पदको दुरुपयोग गरी निजी बनाउने कार्यमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानिबन दायरामा थिए । मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको थियो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!