Friday, September 18, 2020
Home > रोचक > उडिरहेकाे जहाज भित्रै रिसले चुर भई श्रीमानले श्रीमतिको मुखमा पिच्कारेपछि…

उडिरहेकाे जहाज भित्रै रिसले चुर भई श्रीमानले श्रीमतिको मुखमा पिच्कारेपछि…

एक विमानयात्रु एडवर्ड मोन्गनले रिसको सुरमा आफ्नी पत्नीको मुखमा थुकिदिएपछि विमानका पाइलटले आकस्मिक अवतरण गराएका छन् । थुक्ने यात्रुलाई ८ लाख रुपैयाँको जरिवाना तिराइएको छ ।विमान आन्ध्र महासागरमाथि उडिरहँदा बेलायतका मोन्गनले पत्नीसँग बेस्सरी झगडा गरेका थिए ।

विमान बेलायतबाट मेक्सिको जाँदै थियो । विमानचालकलाई झगडा बढेपछि चिन्ता लाग्यो अनि उनले बर्मुडाको टापुमा आकस्मिक अवतरण गराए ।

पतिपत्नीबीच झगडा कसरी शुरू भयो भन्ने कुरा थाहा हुन सकेको छैन । तर मोन्गनले पत्नीलाई गाली गरेको चाहिँ सुनिएको थियो । टीयूआई एयरवेजमा अघिल्लो आइतवार यो घटना भएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!