Tuesday, September 29, 2020
Home > Uncategorized > अष्ट्रेलियामा भएको सवारी दुर्घटनामा २ नेपालीको मृ*त्यु

अष्ट्रेलियामा भएको सवारी दुर्घटनामा २ नेपालीको मृ*त्यु

क्यानबेरा– अष्ट्रेलियामा भएको सवारी दुर्घटनामा २ नेपालीको ज्यान गएको छ । शनिबार अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको कुमा शहरस्थित मोनारो हाइवेमा ५ जना सवार कार दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरु समिक्षा सुवेदी र गोपाल भण्डारी छन् ।उनीहरु स्नोई माउण्टेन भनिने पहाडी क्षेत्रमा हिउँ खेल्न जाने क्रममा दुर्घटनामा परेका हुन् ।

५ जना सवार कार सडकबाट १६० मिटर टाढा उछिट्टिएको अष्ट्रेलियाको एबीसी समाचार संस्थाले जनाएको छ ।घाइते ३ मध्ये दुई जनाको स्थानीय कुमा अस्पताल तथा अर्का एक जनाको राजधानी क्यानबेरास्थित अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!