Wednesday, February 24, 2021
Home > समाचार > पूर्व प्रधानमंत्री बाबुरामले आफ्नो देश छोडेर अमेरिका जादै

पूर्व प्रधानमंत्री बाबुरामले आफ्नो देश छोडेर अमेरिका जादै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई प्राज्ञिक भ्रमणका लागि आज बेलुका संयुक्त राज्य अमेरिका जाँदै छन् । उनको निजी सचिवालयका अनुसार उनी अध्ययन गर्न अमेरिका जान लागेको बताइएको छ ।

भ्रमणका क्रममा उनले अमेरिकाका विभिन्न राज्यहरुमा पुगी सम्भव भएसम्म त्यहाँका प्रवुद्ध र प्राज्ञिक व्यक्तित्वहरु, नीति निर्माताहरु, चिन्तकहरु, प्राध्यापकहरु, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखकहरु, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्वहरु र प्रवासी नेपाली तथा दक्षिण एशियालीहरुसँग पनि अन्तरक्रिया गर्ने बताइएको छ ।

उनको यो भ्रमणको सम्पूर्ण व्यवस्थापन गैह्र–आवासीय नेपाली संघले गर्नेछ । उनीसँग भ्रमणमा पूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी पनि रहनेछिन् । भ्रमण पूरा गरी संयोजक भट्टराई असोज २२ गते नेपाल फर्कनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *